श्रावण ३१, २०८३ आइतबार August 16, 2026

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आज र भोलि (वैशाख ६ र ७ ) गते पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईंदै छ । ‘राष्ट्रिय भिटामिन ‘ए’ को सबै तयारी पूरा भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको पोषण शाखाले जनाएको छ ।

शाखाका अनुसार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइनेछ । भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिकालाइ र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने छ ।

भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटिईसकेका छन् । पोषण शाखा प्रमुख लीलाविक्रम थापाले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमसँगै सोही दिन खोप लगाउन छुटेका बालबालिकालाइ खोप पनि लगाइने बताउनु भएको छ ।

भिटामिन ए ले बच्चालाई कमजोरी हुनबाट बचाउँछ । लुलो लङ्गडो हुन रोक्छ । अशक्त हुनबाट बचाउनुका साथै अरु रोगसँग लड्ने क्षमता पनि बढाउँछ । रतन्धो जस्तो घातक रोग हुनबाट समेत यसले रोक्छ । त्यसैले आफ्ना बालबालिकाहरुलाई निशुल्क रुपमा उपलब्ध भएको यो औषधि सेवन गराउने कार्यमा अनिवार्य रुपमा सहभागी बन्न सरोकारवाला निकायहरुले आग्रह गरेका छन् ।

भिटामिन ए को कमीको रोकथाम तथा नियन्त्रण कार्यक्रमको लागि हरेक सुचिकृत स्वास्थ्य स‌ंस्थाहरुले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुद्वारा वर्षको दुईपटक कार्तिक र वैशाख महिनामा बालबालिकाहरुलाई भिटामिन ए को क्याप्सुल खुवाइन्छ । भिटामिन एले शरिरलाई बिभिन्न किसिमका संक्रमण हुनबाट बचाउँछ ।

बालबालिकाको बृद्वि विकासमा महत्वपूर्ण सहायता गर्दछ । यो आमाको बिगौती दुध, सिङ्गो माछा, जनावरको दूध, हरिया सागपात, कर्कलो, जनावरको कलेजो र किड्नी अन्डा, पहेँला फलफूल, तरकारी, फर्सी मेवा आदिमा स्रोतको रुपमा पाइन्छ भने तयारी क्याप्सुलको रुपमा बिभिन्न मात्रामा सुरक्षित साथ तयार पारिएको हुन्छ । त्यासैले यसलाई अत्यन्तै महत्वपूर्ण र स्वस्थबर्द्धक पोषक तत्वको रुपमा मानिएको छ ।

सरकारबाट निशुल्क रुपमा बितरण गरिएका यी महत्त्वपूर्ण स्वास्थ्य सम्बन्धी अभियानका कार्यक्रमहरुलाई सबैले सहयोग गर्नुपर्ने सरोकारवालाहरु बताउँछन् आ-आफ्नो पायक पर्ने स्वास्थ्य संस्थामा आफ्नो बालबालिकाले प्राप्त गर्ने समय अबधिका आधारमा अनिवार्य रुपमा औषधि सेवन गराउनु हरेक बाबाआमा र सरोकारवाला सम्पूर्ण नागरिकको कर्तब्य मानिन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलको अबको चुनाववाट नेतान्याहु प्रधानमन्त्री नबन्न सक्छन्ः सर्वेक्षण
२०८३ श्रावण ३१, आइतबार
भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा
२०८३ श्रावण ३१, आइतबार
प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा बन्द
२०८३ श्रावण ३१, आइतबार
भारतीय प्रधानसेनापति धीरज सेठ काठमाडौं आउँदै
२०८३ श्रावण ३१, आइतबार
नागार्जुनमा २४ विद्यालयबीच नेपाली हिज्जे प्रतियोगिता, ज्योति एकेडेमी प्रथम
२०८३ श्रावण ३१, आइतबार
नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवापछि सेवाग्राही आकर्षित
२०८३ श्रावण ३१, आइतबार
निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने
२०८३ श्रावण ३१, आइतबार