भाद्र १, २०८३ सोमबार August 17, 2026

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल खुवाइँदै

१ वर्षदेखि ५ वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि पनि खुवाइँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आज पनि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल खुवाइँदै छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार र आज गरी २ दिन देशभरका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल खुवाउन लागेको हो।

मन्त्रालयका अनुसार अभियान अन्तर्गत ६ महिनादेखि ५९ महिना उमेर समूहका सम्पुर्ण बालबालिकालाई भिटामिन ‘ए’ को क्याप्सुल खुवाइने छ भने १ वर्षदेखि ५ वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाइँदै छ।

बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप पनि लगाउन पनि सरकारले आग्रह गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया