वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

चैतसम्ममा ४ खर्ब ८० अर्ब वैदेशिक लगानी प्रतिबद्धता

लाभांशबापत ९ अर्ब ४ करोड लाने प्रस्ताव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः उद्योग विभागमार्फत मात्रै चैत मसान्तसम्ममा ६ हजार १ सय २८ वटा प्रत्यक्ष वैदेशिक लगानी हुनेगरी उद्योग दर्ता भएका छन् ।

दर्ता भएका कम्पनी तथा उद्योगले हालसम्ममा ४ खर्ब ८० अर्ब ६ करोड ८४ लाख ३८ हजार वैदेशिक लगानी प्रतिबद्धता गरिसकेका छन् ।

तर, नेपालमा उद्योग दर्ता मात्र गरिराख्ने र भिसा लिन उद्योग दर्ताको प्रक्रिया मात्र मिलान गर्ने परिपाटी देखिएको छ । चालू आर्थिक वर्षमा मात्र १ हजार ७ सय २० जना विदेशीले बिजनेस भिसा लिएका छन् ।

उद्योग विभागमा दर्ता भएको विदेशी लगानीको तथ्यांकलाई मात्र हेर्ने हो भने चालू आवमा मात्र २ सय ६९ उद्योगमा ३० अर्ब ९ करोड ९५ लाख १७ हजार रुपैयाँ विदेशी लगानी आइसक्नुपर्ने हो । यसबाट मात्र १३ हजार ८ सय ३४ जना नेपालीलाई रोजगारी मिलिसक्नुपर्ने हो । तर, उद्योग विभागले स्वीकृत गरे तापनि वास्तविक रूपमा पनि उद्योगहरू स्थापना नहुने गरेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको एक तथ्यांकनुसार नेपालमा औसतमा प्रतिबद्धताको करिब ३६ दशमलव २ प्रतिशत मात्रै प्रत्यक्ष वैदेशिक लगानी भित्रिने गरेको छ ।

प्रतिवेदनअनुसार पछिल्लो २० वर्षमा प्रतिवर्ष भित्रिने प्रत्यक्ष वैदेशिक लगानी र आएको प्रतिबद्धतालाई औसतमा हिसाब गर्दा नेपालमा १ करोड रुपैयाँबराबरको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता आउँदा भित्रिने रकम भने जम्मा ३६ लाख मात्र हुने गरेको छ ।

आव २०७८–७९ मा मात्रै नेपालमा झन्डै ५५ अर्ब रुपैयाँबराबरको वैदेशिक लगानीको प्रतिबद्धता आए पनि जम्मा १८ अर्ब ६० करोड रुपैयाँबराबर मात्रै लगानी भित्रिएको थियो । आव २०७७–७८ मा पनि नेपालमा विदेशी लगानीकर्ताहरूले ३२ अर्ब रुपैयाँबराबरको लगानी प्रतिबद्धता जाहेर गरे पनि जम्मा १९ अर्ब ५ करोड रुपैयाँबराबर मात्रै भित्रिएको थियो ।

चालू आवको चैत महिनामा मात्रै प्रत्यक्ष वैदेशिक लगानीमा १६ वटा उद्योग दर्ता भएका छन् । यसका लागि ९६ करोड ५० लाख रुपैयाँ लगानी प्रतिबद्धतासहित ६ सय ६५ जनालाई रोजगारी दिइने उल्लेख गरिएको छ ।

भदौमा ५ अर्ब ८५ करोड ८५ लाख रुपैयाँ, असोजमा ३ अर्ब ६३ करोड ४९ लाख रुपैयाँ, कात्तिकमा १ अर्ब ८० करोड ६३ लाख रुपैयाँ, मंसिरमा २ अर्ब ५६ करोड १९ लाख रुपैयाँ, पुसमा १ अर्ब ९८ करोड ९५ लाख रुपैयाँ, माघमा १ अर्ब ११ करोड ६ लाख रुपैयाँ र फागुनमा ६ अर्ब ६७ करोड २० लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो ।

सेयर पर्चेज एग्रिमेन्ट (एसपीए) र सेयर सब्स्क्रिप्सन एग्रिमेन्ट (एसएसए)लाई समेत आधार मान्ने हो भने ९ महिनामा ४३ अर्ब ७ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । सेयर पर्चेज एग्रिमेन्ट (एसपीए) र सेयर सब्स्क्रिप्सन एग्रिमेन्ट (एसएसए) चैतसम्ममा ४१ वटा आउँदा १२ अर्ब ९७ करोड ४५ लाख ६८ हजार रुपैयाँ लगानी प्रतिबद्धता भएको छ ।

चालू आवको साउनदेखि चैतसम्ममा स्वदेशी र विदेशी लगानी गरी कुल २ सय ८६ वटा नयाँ उद्योग दर्ता भएका छन् । जसमा ठूला उद्योग ३६ वटा र मझौला उद्योग २७ वटा रहेका छन् । सरकारले चालू आवमा ८० वटा ठूला उद्योग र ८५ वटा मझौला उद्योग दर्ता गर्ने लक्ष्य राखेको थियो । साना उद्योग भने लक्ष्यभन्दा बढी दर्ता भएका छन् । २ सय वटा साना उद्योग दर्ता गर्ने लक्ष्य लिइएकामा हालसम्ममा २ सय २३ वटा दर्ता भइसकेको उद्योग विभागले जनाएको छ ।

नौ महिनामा विदेशी लगानीकर्ताले सबैभन्दा बढी पर्यटन क्षेत्रमा लगानी प्रतिबद्धता जनाएका छन् । जसअन्तर्गत पर्यटन क्षेत्रमा १ सय २२ वटा उद्योग दर्ता भएका छन् । यो कुल विदेशी लगानीका उद्योगमध्ये ४४ प्रतिशत हो । यसैगरी, सेवा क्षेत्रमा ९३ वटा उद्योग दर्ता भएका छन् । सेवा क्षेत्रमा यो लगानी ३५ प्रतिशत रहेको छ । त्यस्तै, निर्माण क्षेत्रमा ३२ वटा, पूर्वाधार क्षेत्रमा ६ वटा, सूचना तथा प्रविधि क्षेत्रमा ९ वटा, कृषि क्षेत्रमा ५ वटा र खानी क्षेत्रमा २ वटा उद्योगमा लगानी प्रतिबद्धता आएको छ ।

चैत मसान्तसम्ममा नेपालमा सञ्चालनमा रहेका विदेशी लगानीका उद्योगले १३ अर्ब रुपैयाँ रोयल्टीसहित लाभांश लैजाने प्रस्ताव गरेका छन् ।

चालू आवको चैतसम्ममा विदेशी लगानीकर्ताले रोयल्टीसहित लाभांश १३ अर्ब ७७ करोड ४४ लाख रुपैयाँ रकम लैजान प्रस्ताव पेस गरेका छन्् । चैतसम्ममा लाभांशबापत ९ अर्ब ४ करोड ८७ लाख ५२ हजार रुपैयाँ विदेश लैजान प्रस्ताव भएको छ ।

यस्तै, रोयल्टीबापत नेपाली रुपैयाँ १ अर्ब ७० करोड १९ लाख ३६ हजार, अमेरिकी डलर १ करोड ५ लाख ४३ हजार, भारतीय रुपैयाँ ५५ करोड ४६ लाख १६ हजार र युरो १३ हजार ६ सय फिर्ता लैजानेगरी सिफारिस लिएको विभागले जनाएको छ । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार