वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

प्रचण्ड र ओलीको एउटै स्वर- तत्काल कम्युनिष्ट एकता हुदैन !

सहकार्य गर्दै जादा एकताको वातावरण बन्ने भन्दै अहिले नै हतारिएर एकता नगर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हतार गरेर कम्युनिष्ट एकताको पक्षमा नभएको बताएका छन् ।

एमालेले आयोजना गरेको नेकपा हीरक महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ड र ओलीले फेरी कम्युनिष्ट एकता गर्न हतार नगर्ने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सहकार्य गर्दै जादा एकताको वातावरण बन्ने भन्दै अहिले नै हतारिएर एकता नगर्ने बताए ।

उनले भने- अहिले हतारमा हौसिएर कम्युनिष्ट एकता भन्ने पक्षमा छैनौं । त्यति बेला समय भन्दा गाडी दौडिएछकी जस्तो लाग्छ ।अहिले सहकार्य शुरु गरेका छौं । राम्रो सहकार्य गरौँ । जनतालाई राम्रो सेवा दिऊ । सहकार्य गर्दै जादा एकताको आधार तयार हुन्छ भन्ने लाग्छ ।’

त्यस्तै एमाले अध्यक्ष ओलीले पनि यसअघि भएको एकता बिभाजन हुदा ठुलो क्षति भएको र त्यो हुनु दुर्भाग्यपूर्ण भएको बताए । उनले अहिले सरकार संचालनमा सहकार्य भएको स्पष्ट गर्दै पार्टी एकता तत्काल नहुने समेत स्पष्ट गरेका छन् ।

उनले अहिले बामपन्थी मात्र मिलेर हिड्ने अवस्था नभएको भन्दै देशभक्त शक्तिहरु मिलेर राष्ट्रिय हितको पक्षमा रहेका शक्तिहरु मिलेर अगाडी बढ्नुपर्ने समय भएको बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार