वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

सुन्दर प्रणालीका रूपमा लोकतान्त्रिक शासन व्यवस्था : प्रदेश प्रमुख शर्मा

अझ लोकतान्त्रिक आचरण, विश्वास र भरोसा जगाई लोकतन्त्रलाई सार्थकता प्रदान गर्न सबै पक्ष दृढताका साथ सदैव क्रियाशील रहनुपर्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले सार्वभौमसत्ता जनतामा निहित रही जन निर्वाचित प्रतिनिधिबाट शासन सञ्चालन हुने सुन्दर प्रणालीका रूपमा लोकतान्त्रिक शासन व्यवस्था रहेको बताउनुभएको छ ।

लोकतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले अझ लोकतान्त्रिक आचरण, विश्वास र भरोसा जगाई लोकतन्त्रलाई सार्थकता प्रदान गर्न सबै पक्ष दृढताका साथ सदैव क्रियाशील रहनुपर्ने बताउनुभयो ।

प्रमुख शर्माले वैशाख ११ लाई नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको फलस्वरूप लोकतन्त्र स्थापना भएको दिनका रूपमा उल्लेख गर्दै यो व्यवस्था प्राप्त गर्नका लागि आफ्नो जीवन उत्सर्ग गर्ने महान् शहीदहरूप्रति सम्मान गर्नुभएको छ । यस्तै, ‘जीवनलाई लोकतान्त्रिक मूल्य, मान्यता, आदर्श र सिद्धान्तप्रति समर्पित सम्पूर्ण लोकतान्त्रिक योद्धाहरू प्रति उच्च सम्मान प्रकट गर्दछु ।’ उहाँले आफ्नो सन्देशमा भन्नु भएको छ ।

वि.सं.२०६२÷०६३ सालको जनआन्दोलन सफल भई नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको ऐतिहासिक र गौरवमय दिनका रूपमा हामी यो दिवस मनाउने गरिएको भन्दै प्रमुख शर्माले अहिले हामीले उपयोग गरिरहेको स्वतन्त्रताको अधिकार विगतका विभिन्न कालखण्डमा नेपाली सपुतहरूको सङ्घर्ष तथा बलिदानको प्रतिफल भएको उल्लेख गर्नुभएको छ ।

प्रमुख शर्माले सन्देशमार्फत आस्थाको छानो, विश्वासको पर्खाल र भरोसाको स्तम्भहरूमा खडा भएको यो लोकतान्त्रिक परिपाटीको रक्षा, विकास र संविधानले परिकल्पना गरेको समाजवादसम्म पुग्न हामी सबैलाई आजको दिनले प्रेरित गर्न सकोस् भन्ने शुभकामना समेत गर्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार