वैशाख २४, २०८१ सोमबार May 6, 2024

राष्ट्रपति पौडेल र कतारका राजा थानीबीच शीतल निवासमा शिष्टाचार भेटवार्ता

भेटघाटमा कतारको उच्च प्रतिनिधिमण्डलकोसमेत सहभागिता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेल र कतारका राजा शेख तमिम बिन हमाद अल थानी बिच शीतल निवासमा भेटवार्ता शुरु भएको छ ।

राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा अल थानी नेपालको दुई दिने राजकीय भ्रमणमा आज (मङगलबार)अपरान्ह नेपाल आइपुगेका हुन् । अमिरको नेपाल भ्रमणका क्रममा महत्वपूर्ण विषयहरूमा द्विपक्षीय वार्ता र सम्झौताहरूमा हस्ताक्षर हुने जनाइएको छ ।

भेटवार्तामा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उर्जा तथा जलस्रोत मन्त्री शक्ति बस्नेत, परराष्ट्र सचिव सेवा लम्साल, राष्ट्रपति कार्यालयका सचिव डिल्लीराम शर्मा, प्रमुख स्वकीय सचिवसहित राष्ट्रपतिका विज्ञ एवम् सल्लाहकार सहभागी छन्। साथै सो भेटघाटमा कतारको उच्च प्रतिनिधिमण्डलकोसमेत सहभागिता छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लखनउलाई ९८ रनले हराउँदै कोलकाता आईपीएलको शीर्षस्थानमा
२०८१ वैशाख २४, सोमबार
रुरल सहकारी प्रकरणः अध्यक्ष र सचिवले स्वीकारे बचतकर्ताको रकमबाट जग्गा खरिद गरेको
२०८१ वैशाख २४, सोमबार
नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता
२०८१ वैशाख २३, आइतबार
राष्ट्रपति पौडेलद्वारा खाद्य स्वच्छता तथा गुणस्तर प्रमाणीकरण
२०८१ वैशाख २३, आइतबार
प्रदेश प्रमुख मियाँसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस
२०८१ वैशाख २३, आइतबार
पूर्वीयदर्शनमा आधारित अध्ययन केन्द्र आवश्यक: सञ्चारमन्त्री शर्मा
२०८१ वैशाख २३, आइतबार
सेयर बजारमा २४.५८ अंकको गिरावट
२०८१ वैशाख २३, आइतबार