वैशाख २२, २०८१ शनिबार May 4, 2024

अब फार्मेसीमै औषधीको परीक्षण

नेपालमा नक्कली औषधीको बिगबिगी रहेको अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, वैशाख १३ गते । औषधी पसलले बिक्री गरिरहेको औषधी सक्कली भए नभएको पत्ता लगाउन अनुगमन गरी परीक्षण गरिने भएको छ । औषधी व्यवस्था विभागले त्यस्ता पसलमा मिनी ल्याब लगेर तत्काल औषधीको गुणस्तर पत्ता लगाउने छ । यसअघि औषधी व्यवस्था विभागले औषधीको नियमन र अनुगमन मात्र गर्दै आएको थियो ।

औषधी पसलमै पुगेर औषधीको परीक्षण गरी सक्कली वा नक्कली भएको पुष्टि गर्न लागिएको यो पहिलो पटक हो । त्यसका लागि विभागले २३ जना कर्मचारीलाई तालिम प्रदान गरेको छ ।

विभागका महानिर्देशक नारायणप्रसाद ढकालले भन्नुभयो, “बिक्री भइरहेका औषधी सक्कली वा नक्कली हो भन्ने पसलमै पत्ता लगाइने छ । नक्कली भएको पुष्टि भएमा तत्कालै कारबाही प्रक्रिया अगाडि बढाइने छ ।”

यो नयाँ विधि होइन । भारत, बङ्गलादेशलगायतका मुलुकमा अभ्यास हुँदै आएको छ । मङ्गलबार वीर अस्पतालको फार्मेसीमा यसको परीक्षण गरिएको छ । उहाँका अनुसार परीक्षण गर्दा औषधीमा कुनै कैफियत फेला परेन । “औषधीको मात्रा ठिक छ छैन, गलत औषधी दिइएको छ कि लगायत पनि परीक्षणका क्रममा अनुगमन गरिने छ,” उहाँले भन्नुभयो, “अहिलेलाई काठमाडौँबाट यसको सुरुवात गरिए पनि क्रमशः देशव्यापी बनाइने छ ।”

नेपालमा नक्कली औषधीको बिगबिगी रहेको अनुमान विभागको छ । औषधीले बिरामी ठिक हुनुको साटो झन् नकारात्मक प्रभाव पार्ने, औषधीको मात्रा घटबढ हुने गरी बिक्रीवितरण गर्ने गरेको पाइएको छ । “यस्ता गतिविधि गर्नेलाई तत्काल स्क्रिनिङ गरिने छ,” विभागका महानिर्देशक ढकालले भन्नुभयो, “यसले आमउपभोक्तालाई राहत हुने छ ।”

कतिपय उत्पादन मापदण्डविपरीत हुने गरेको छ । उहाँले त्यसको लागि विभागको मिनी ल्याब प्रविधिले फाइदा हुने बताउनुभयो । औषधी पसलमा परीक्षण गर्द त्रुटि देखिएमा विभागले प्रयोगशालामा ल्याएर पनि परीक्षण गर्न सक्ने छ ।

मिनी ल्याबका लागि छुट्टै मेसिन हुन्छ । केही स्टलमेन्ट राखिएका हुन्छन् । विभिन्न खालका औषधीसम्बन्धी साधन र किट पनि सँगै हुने गर्छ । यस्तो मिनी ल्याबमा परीक्षण गर्न आवश्यक केमिकल पनि हुन्छ । विभागका महानिर्देशक ढकालले विशेष गरी सीमावर्ती क्षेत्रमा नक्कली औषधीको बिगबिगी हुनाले यसको प्रयोगबाट त्यहाँ भइरहेका बदमासी रोकिने बताउनुभयो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतले विभागले ल्याएको यो विधिले औषधीमा हुँदै आएको बेथितिको अन्त्य हुने बताउनुभयो । उहाँले औषधीको गुणस्तरमा समेत फाइदा हुने बताउनुभयो । वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले फार्मेसीको बदमासी रोक्न मिनी ल्याबले सहयोग गर्ने बताउनुभयो । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार