श्रावण १३, २०८३ बुधबार July 29, 2026

तप, तपस्या र यसको वास्तविक अर्थ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः तपस्या अर्थात् तपको मूल अर्थ प्रकाश अर्थात् सुर्य वा अग्निबाट प्रज्वलित हुनु हो । तथापी यसको स्वरूप समय सँगसँगै फेरिएर कुनै बिशेष उद्धेश्य प्राप्ति हेतु आत्मिक र शारीरिक अनुशासनका लागि गरिने देहिक कष्टकर उपासनाका रुपमा बिकसित भएको छ ।

अर्को तर्फ  तपस्यालाई जुन काम गर्नलाई हामी सक्षम छैनौ , भगवानलाई प्राप्त गर्ने अभिलाषाले गर्ने कार्य  तपस्या भनि अर्थाईएको पनि  छ । उपवास, माला, ध्यान यी आदि सबै तपस्याको नै रुप हुन् । आफ्नो  आवश्यकताको त्याग नै तप हो । ईद्रियहरुको  उपशमनलाई  उपवास भनिन्छ । इन्द्रिय माथि  विजय पाउनु नै सच्चा तपस्वी मनिन्छ । तपबाट  आत्मा शुद्ध हुने , शक्ति र मनोकामना प्राप्ति हुने साथै सबै कष्ट हट्ने विश्वास गरिन्छ  । बृहत अर्थ र भावना समेटिएको तपको बारेमा थप चर्चा गरी यसको वास्तविकता पहिल्याउनु उपयोगी होला नै ।

भाग्वातागितामा तप र सन्यासकोको दार्शनिक पक्षको रुपमा बर्णन गरिएको पाहिन्छ (१७-१४-१९ )। शारीरिक, वाचिक र मानसिक तथा सात्विक, राजसी र तामसी गरी तापलाई छुटाईएको छ । यसमा शारीरिक तप देव, गुरु, मातापिता, र अहिंसा संग सम्बन्धित छ, वाचिक तप अनुद्वेगकर वाणी, सत्य र  प्रियभाषण तथा स्वाध्याय संग र मानसिक तप मनको प्रसन्नता, सौम्यता, आत्मनिग्रह र भावशुद्धिबाट सिद्ध हुन्छ । सबैभन्दा उत्तम तप सात्विक तप हो, जुन श्रद्धापूर्वक, फलको ईच्छा रहित भई गर्ने गरिन्छ । यसको बिपरित सत्कार , मान र पुजाका लागि दम्भापुर्वक  गरिने तप राजस तप हो । यसमा आफुलाई अनेक कष्ट दिएर अरुलाई कष्ट दिन शक्ति प्राप्त गरिने तप भनिन्छ ।

बैदिक  कथनमा, तपस्या एवं तपलाई  जीवनको शाश्वत मूल्यहरुको प्राप्ति हेतु यसलाई सर्वोच्च स्थान दिईएको छ । निष्काम कर्म हेतु  तपलाई सबैभन्दा ठुलो मार्ग मानिएको छ ।  सबै कर्म र यसको फललाई अग्निमा स्वाहा गरिने हुनाले अग्निलाई सर्वश्रेष्ठ तपस्वीका रुपमा माने गरिन्छ । त्यसैले हिन्दु परम्परामा बिवाह आदि शुभकार्यमा  अग्निलाई साक्षि मानि वर-कन्याले प्रतिज्ञा लिने गरिन्छ ।

तपस्या एवं तप जीवनको चार पुरुषार्थहरु र चार आश्रमहरुको सिद्धान्तबाट अभिप्रेरित छ ।  यद्यपी ऋग्वेदमा यसको कुनै बर्णन गरिएको छैन । तप मूलतः मोक्षको प्राप्तिको लागि ईच्छुक सन्यासीद्वारा गरिने निष्ठावान कार्य भनेर भन्न सकिन्छ । सर्वस्व त्याग गरी संसारिक बन्धनबाट मुक्त हुन् ब्रम्हा आदि देवी देवताको बन्दना हेतु तप गर्नु उचित मानिएको छ । यसको बिपरित तान्त्रिक आदि बिधिद्वारा  अरुलाई हानि पुर्याउने र अरुबाट आफुलाई बचाउन समेत तपलाई माध्यम बनाईएको पाहिन्छ । अत: तपका लागि भनेरै शरीरलाई अनेक प्रकारले प्रताडित गर्दै  दुख दिने गरिएको छ  ।

तपको भिन्न- भिन्न उद्धेश्य अनुरुप तपस्याको अनेकौ रुप रहेको छ । विद्याध्यायी ब्रह्मचारी, पुत्रकलत्र, धनसंपत्ति तथा शारीरिक सुखका लागि इच्छुक गृहस्थ, परमात्मा प्राप्ति हेतु , ब्रह्ममा  लीन तथा  मोक्षलाभको  इच्छाबाट  प्रेरित संन्यासी मनोभिलषित वर अथवा स्त्री चाहना राख्ने व्यक्ति, भगवानमा  लीन भक्त एवं देवीदेवताहरुको  कृपा चाहने सर्वसाधारण स्त्रीपुरुष, स्वधर्म र साधारण धर्मको  पालन गर्ने सर्व- साधारण जन आदि अनेकौ प्रकारका व्यक्तिहरुले  भिन्न भिन्न रूपहरुमा तपको सिद्धान्तहरूलाई आत्मसाथ गर्ने  र यसलाई प्रयोग गरेका छन् । साधारण रुपमा बुझिने तपस्या भनेको शरीरलाई कष्ट दिई बहुविधी  रूपमा  बढी कठोरता दिनु तपस्यालाई त्यतिनै चरमोत्कर्षबमा लानु हो । तर वास्तविक रुपमा यस्तो पाईदैन ।

साधारण तपस्वी  वत्कलदसन, भूतिशैया, अल्पाहार, जटाजूटधारण, नखवृद्धि, वेदोच्चारण, यज्ञक्रियात्मकता र  दयालुताको  अभ्यास मात्रमा  सीमित रहन्छन्। तर, उग्र तपस्वी गर्मी ऋतुमा  पंचाग्नी  (माथिबाट सूर्य र चरी दिशामा अग्नि प्रज्जवलित गरी तापलाई सहने), वर्षा ऋतुमा बाहिर बसी , हिउदमा जलनिवास अथवा हिमालमा र हिउमा बसी तप गर्ने, तीन समय स्नान, कंदमूलाशन, भिक्षाटन, बस्तीदेखि टाढा  निवास गर्ने र  शरीरको सबै सुखहरु त्याग गरी तपस्या गर्ने गरेको पाईन्छ ।

मनुस्मृतिका अनुसार (११-५६ ) चातुर्वर्ण्यों  तप धर्मशास्त्र विहित उसको  कर्ममात्र हो ।  तप : ब्राह्मणद्वारा ज्ञानको प्राप्ति, क्षत्रियद्वारा समाजको  रक्षा, वैश्यद्वारा कृषि, गौरक्षा र वाणिज्य, र  शूद्रद्वारा द्विजातिहरुको सेवा हो । सामाजिक दृष्टिबाट यो स्वधर्म- आफ्नो  कर्तव्यकोपालन नै सबैभन्दा  महत्वपूर्ण तप हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारद्धारा ९ विधेयक संसद्मा पेश गर्ने निर्णय, सञ्चय कोष र राहदानी ऐन पनि संशोधन हुँदै
२०८३ श्रावण १३, बुधबार
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेटवार्ता
२०८३ श्रावण १३, बुधबार
‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
२०८३ श्रावण १३, बुधबार
चिकित्सा शिक्षा आयोगद्वारा छ अर्ब ५५ करोडको वार्षिक बजेट स्वीकृत
२०८३ श्रावण १३, बुधबार
निर्वाचन प्रणाली कम खर्चिलो र पारदर्शिता बनाउन सुझाव
२०८३ श्रावण १३, बुधबार
उपराष्ट्रपति यादवद्वारा सद्भाव कायम गर्न अपिल
२०८३ श्रावण १३, बुधबार
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः लामिछाने
२०८३ श्रावण १३, बुधबार