जेठ १५, २०८३ शुक्रबार May 29, 2026

मुस्ताङमा शालिग्राम मूर्ति स्थापना

लिग्राम शिलाको समुद्घाटन गरिएकाले यहाँको धार्मिक पर्यटन प्रवर्द्धन हुने अपेक्षा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मुस्ताङ, १५ जेठः मुस्ताङमा शालिग्राम मूर्ति उद्घाटन गरिएको छ । यहाँको घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी तटमा मूर्तिकारले कुदेको २२ फिट अग्लो विशाल मूर्ति बिहीबार साँझ धार्मिक विधिपूर्वका समुद्घाटन गरिएको हो ।

मुक्तिनाथ दर्शनका लागि आउनुभएका दक्षिण भारत कर्नाटक राज्यको शृङ्गेरी शारदा पीठका पीठाधीश्वर जगदगुरु शङ्कराचार्य महास्वामी विधुशेखर भारती महाराजद्वारा विशाल शालिग्रामको समुद्घाटन गर्नुभएको हो । शालिग्राम शिलाको समुद्घाटन गरिएकाले यहाँको धार्मिक पर्यटन प्रवर्द्धन हुने अपेक्षा गरिएको छ ।

घरपझोङ गाउँपालिका र एकीकृत सामाजिक विकास कार्यालयको संयुक्त आयोजना तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको समन्वयमा तीन हप्ताअघि मुस्ताङको मूर्तिकला कार्यशाला चलाइएको थियो । प्रज्ञा प्रतिष्ठानमा आबद्ध तीन दर्जन मूर्तिकारले कालीगण्डकी नदीका विशाल ढुङ्गाहरूमा विभिन्न स्वरुपमा मूर्तिका आकार भरेका थिए । सोही निर्माण गरिएका मूर्तिमध्ये कालीगण्डकी नदी तटमा निर्माण गरिएको विश्वकै ठूलो आकारको शालिग्राम शिला मूर्तिको भारतीय जगद्गुरुद्वारा धार्मिक विधिपूर्वक उद्घाटन भएको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिनुभयो ।

राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै विशेष सुरक्षा निगरानीसहित बुधबार दिउँसो मुक्तिनाथ दर्शन गर्न पुगेका भारतीय जगद्गुरु शङ्कराचार्य महास्वामी विधुशेखर भारतीसहितको टोली त्यहाँबाट फर्किएलगत्तै जोमसोममा निर्मित शालिग्राम शिलाको उद्घाटन गर्नुभएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो ।

कार्यक्रममा घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन, उपाध्यक्ष जमुना थकालीसहित पालिकाका जनप्रतिनिधि र कर्मचारी, प्रमुख जिल्ला अधिकारी अजिता शर्मासहित जिल्लास्थित चारवटै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि, जोमसोम गाउँ समाज, महिला समूह र स्थानीय नागरिकको उल्लेख्य सहभागिता थियो । यसअघि मुक्तिनाथको दर्शन गरी जोमसोम फर्किएका जगदगुरु शङ्कराचार्य महाराजको ठूलो सङ्ख्यामा स्वागत तथा नागरिक अभिनन्दन गरिएको थियो ।

भारतीय जगदगुरु शङ्कराचार्य महास्वामी विधुशेखर भारती महाराजसहितको टोलीले मुक्तिनाथ मन्दिरको दर्शन गरेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिनुभयो । मन्दिरमा करिब एक घण्टा दर्शन तथा पूजाअर्चनामा बिताउनुभएका महाराजले १०८ धारा र मन्दिर परिसरको कुण्डमा स्नान गर्नुभएको व्यवस्थापक भुसालले जानकारी दिनुभयो ।

नेपाल सरकार गृह मन्त्रालयको विशेष सुरक्षा व्यवस्थासहित मुस्ताङ आउनुभएका भारतीय जगदगुरु शङ्कराचार्य महास्वामी विधुशेखर भारती महाराजको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय मुस्ताङले सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा सहजीकरण गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले उल्लेख गरेको छ ।

धर्मगुरु जगदगुरु शङ्कराचार्य महास्वामी विधुशेखर भारती महाराजको आगमनले मुस्ताङको धार्मिक पर्यटन प्रवर्द्धनमा निकै ठूलो योगदान पुग्ने विश्वास गरिएको छ । मुस्ताङमा विदेशी पर्यटकको आमगनमध्ये ८० प्रतिशत पर्यटक भारतीय रहने गरेका छन् । मुक्तिनाथ दर्शनका लागि भारतीय पर्यटकको आगमन बर्सेनि वृद्धि हुने गरेको छ । अब जोमसोम निर्मि शीला उद्घाटनले थप भारतीय दर्शनार्थी बढ्ने अपेक्षा गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सात प्रतिशतको आर्थिक वृद्धि, मुद्रास्फीति छ प्रतिशतमा सीमित गर्ने लक्ष्य
२०८३ जेठ १५, शुक्रबार
सरकारी कर्मचारीको नयाँ तलब निर्धारण, कसको तलब कति ?
२०८३ जेठ १५, शुक्रबार
सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो : कांग्रेस सभापति थापा
२०८३ जेठ १५, शुक्रबार
कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्छ : राष्ट्रपति पौडेल
२०८३ जेठ १५, शुक्रबार
मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत
२०८३ जेठ १५, शुक्रबार
गड्यौलाको मल उत्पादन गरी आत्मनिर्भर बन्दै सिंह
२०८३ जेठ १५, शुक्रबार
फिलिपिन्सको हिरासतमा रहेका ६४ जना चिनियाँ नागरिक रिहा : चिनियाँ दूतावास
२०८३ जेठ १५, शुक्रबार