वैशाख २८, २०८१ शुक्रबार May 10, 2024

सत्ता गठबन्धनबाट टाढिन खोज्दै जसपा !

एमाले विरोधी उम्मेदवारका रूपमा चिनिएका डकेन्द्रसिंह लिम्बूलाई जसपाले औपचारिक रूपमै सहयोग गरेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सत्ता गठबन्धनमा रहेका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहालसँग असन्तुष्ट बनेका छन्।

पछिल्ला केही घटनाले यादव प्रधानमन्त्री र सत्ता गठबन्धनबाट टाढिन खोजेको देखिन्छ। जसपाका नेताहरूले भने सत्ता गठबन्धन र प्रधानमन्त्री दाहालसँग पार्टी अन्सन्तुष्ट नभएको प्रतिक्रिया दिएका छन्।

पछिल्लो समय यादव सत्ता गठबन्धनमै रहेका नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालसँग निकै निकट देखिन थालेका छन्।

सत्ता गठबन्धनमै रहेका नेपाल पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमदल दाहाल र गठबन्धनको ठुलो घटक एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सन्तुष्ट छैनन्। नेपालले सत्ता सञ्चालनमा दाहाल र ओलीले आफूसँग सल्लाह नगरेको भन्दै असन्तुष्टि पोख्दै आएका छन्। जसपा र नेकपा एसले वर्तमान सत्ता गठबन्धन छाडेमा सरकार ढल्ने सम्भावना रहन्छ।

प्रतिनिधिसभामा जसपाका १२ र नेकपा एसका १० सांसद छन्। पछिल्लो संसदीय निर्वाचनअघि जसपा र नेकपा (एस) बीच पार्टी एकतासम्मको चर्चा भएको थियो। यी दुई पार्टीबीच एकता नभए पनि शीर्ष नेतृत्व नेपाल र यादवबीचको सम्बन्ध निकै राम्रो छ।

प्रतिनिधिसभा सदस्यका लागि इलाममा हुन लागेको उपनिर्वाचनमा जसपाले एमालेका उम्मेदवारलाई सहयोग गरेका छैन। इलाम–२ मा एमाले विरोधी उम्मेदवारका रूपमा चिनिएका डकेन्द्रसिंह लिम्बूलाई जसपाले औपचारिक रूपमै सहयोग गरेको छ। जसपा प्रवक्ता मनीष सुमनले डकेन्द्र पहिचानवादी नेता भएकाले उपनिर्वाचनमा पार्टीले उनलाई साथ दिएको बताए। ‘जसपा पहिचानवादी पार्टी हो। त्यसैले हामीले पहिचानवादी नेता डकेन्द्रलाई सहयोग गरेका हौं,’ उनले भने।

माओवादी केन्द्रले नेतृत्व गरेको लुम्बनी प्रदेश सरकारमा सहभागी भएको जसपाले मन्त्रालय भागबन्डामा मुख्यमन्त्रीले उपेक्षा गरेको भन्दै सरकार छाड्ने निर्णय गरेको छ।नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला
२०८१ वैशाख २८, शुक्रबार
रवि लामिछानेलाई बोल्न नदिने कांग्रेसको अडान, संसद बैठक शुरु हुन सकेन
२०८१ वैशाख २८, शुक्रबार
अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने गिरोह पक्राउ
२०८१ वैशाख २८, शुक्रबार
वीरगन्जका पूर्व मेयर सरावगीले छोडे एमाले (पत्रसहित)
२०८१ वैशाख २८, शुक्रबार
रवि लामिछानेको बचाउमा ओली, कांग्रेसले छुद्र राजनीति गर्यो
२०८१ वैशाख २८, शुक्रबार
कोशी प्रदेशमा पाँचौं अधिवेशन आह्वान
२०८१ वैशाख २८, शुक्रबार
माल्दिभ्सबाट सबै भारतीय सेना फिर्ता
२०८१ वैशाख २८, शुक्रबार