वैशाख २९, २०८१ शनिबार May 11, 2024

काठमाण्डौं महानगरले देशैभरका बिरामीको निःशुल्क उपचार गर्ने

महानगरको निःशुल्क टेलिफोन नम्बर ११८० मा कल गरेर थप जानकारी समेत लिन सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, वैशाख १६ गते । काठमाडौँ महानगरपालिकाले अशक्त र गरिब नागरिक बिरामीका लागि निःशुल्क उपचारको सुविधा सुरु गरेको छ । उपत्यकामा रहेका ५२ अस्पतालका ३७४ बेडबाट बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुने महानगरले जनाएको छ ।

काठमाडौँ महानगरवासी मात्र नभएर देशैभरका अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर आएमा निःशुल्क उपचारको व्यवस्था गर्ने जनाएको हो ।

यसका लागि महानगरको निःशुल्क टेलिफोन नम्बर ११८० मा कल गरेर थप जानकारी समेत लिन सकिने काठमाडौँ महानगर स्वास्थ्य विभागले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया