श्रावण ३१, २०८३ आइतबार August 16, 2026

आर्कटिक टापुमा बर्ड फ्लुका कारण वालरसको मृत्यु

सङ्क्रमित वालरस खाँने हुँदा उत्तर ध्रुवीय क्षेत्रमा पाइने भालुबाट पनि बर्ड फ्लुको जोखिम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ओस्लो। नर्वेको आर्कटिक टापुमा बर्ड फ्लुका कारण वालरसको मृत्यु भएको पहिलो घटना फेला परेको अनुसन्धानकर्ताले सोमबार बताएका छन् ।

नर्वेजियन पोलर इन्स्टिच्युटका क्रिस्टियन लिडरसेनले एएफपीसँग भन्नुभयो, “गत वर्ष स्वाल्बार्ड द्वीपसमूहको होपेन टापुमा बर्ड फ्लुका कारण मृत्यु भएको वालरस फेला परेको थियो ।”
जर्मनीको प्रयोगशालामा गरिएको परीक्षणमा उक्त मृत वालरसमा बर्ड फ्लु देखिएको लिडर्सनले बताउनुभयो ।

यो नमूना एचफाइभ एनवन वा एचफाइभ एन–एट स्ट्रेन हो भनेर निर्धारण गर्न धेरै सानो आधार भेटिएको थियो । “वालरसमा बर्डफ्लु देखिएको यो पहिलो पटक हो,” लिडरसेनले भन्नुभयो ।

उत्तरी ध्रुवबाट करिब एक हजार किलोमिटर टाढा र मुख्य भूमि नर्वे र उत्तरी ध्रुवको बीचमा रहेको स्वाल्बार्ड टापुमा गत वर्ष करिब ६ वटा मृत वालरस फेला परेका थिए ।
लिडर्सनले तीमध्ये केहीलाई बर्डफ्लु भएको कुरा ‘असम्भव’ नभएको बताउनुभयो । दुई टनसम्म वजन हुने वालरसले मुख्यतया माछा,सेलफिस र कहिलेकाँही समुद्री चराहरू पनि खान्छ ।

लिडर्सनका अनुसार गर्मी याममा हिउँ पग्लने बेलामा वालरस एकसाथ भेला हुने भएकाले विकासको अनुगमन गर्न जरुरी छ ।

सङ्क्रमित वालरस खाँने हुँदा उत्तर ध्रुवीय क्षेत्रमा पाइने भालुबाट पनि बर्ड फ्लुको जोखिम हुन सक्छ ।

बर्डफ्लुले सन् २०२० देखि फार्मका जनावरमा ठूलो असर पारेको छ । दक्षिण अमेरिकामा बर्ड फ्लुका कारण हजारौं समुद्री स्तनधारी जनावरको मृत्यु भएको अन्टार्कटिकका अनुसन्धाताहरुले बताएका छन् ।एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलको अबको चुनाववाट नेतान्याहु प्रधानमन्त्री नबन्न सक्छन्ः सर्वेक्षण
२०८३ श्रावण ३१, आइतबार
भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा
२०८३ श्रावण ३१, आइतबार
प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा बन्द
२०८३ श्रावण ३१, आइतबार
भारतीय प्रधानसेनापति धीरज सेठ काठमाडौं आउँदै
२०८३ श्रावण ३१, आइतबार
नागार्जुनमा २४ विद्यालयबीच नेपाली हिज्जे प्रतियोगिता, ज्योति एकेडेमी प्रथम
२०८३ श्रावण ३१, आइतबार
नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवापछि सेवाग्राही आकर्षित
२०८३ श्रावण ३१, आइतबार
निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने
२०८३ श्रावण ३१, आइतबार