काठमाण्डौः कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन अन्त्य गरिएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको हो ।
प्रदेश प्रमुख तिलक परियारले दोस्रो कार्यकालको तेस्रो अधिवेशन अन्त्य गरेका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया