जेठ ८, २०८१ मंगलबार May 21, 2024

बाँकेमा पोलियो र डिपिटी खोप अभाव

१३ हजार बालबालिका खोपबाट वञ्चित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालगन्ज। स्वास्थ्य कार्यालय बाँकेमा बालबालिकालाई नियमितरुपमा लगाउनुपर्ने पोलियो र डिपिटी खोप अभाव भएको छ ।

जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई विभिन्न रोगविरुद्ध लगाइने पोलियो र डिपिटी खोपको अभाव भएको हो । उक्त उमेर समूहका बालबालिकालाई नियमितरुपमा प्रत्येक महिना लगाउनुपर्ने ती खोप जिल्लाका स्वास्थ्य चौकीहरूमा नपुग्दा बालबालिकाहरू खोप लगाउनबाट वञ्चित भएका छन् ।

स्वास्थ्य कार्यालय बाँकेका कोल्ड चेन निरीक्षक जनकराज गिरीले कार्यालयमा विगत केही समयदेखि पोलियो र डिपिटीको खोप नभएको बताउनुभयो । उहाँले गत माघ महिनादेखि नै जिल्लामा माग अनुसार खोप परिपूर्ति गर्न नसकिएको र नियमित हुन नसकेको बताउनुभयो । निरीक्षक गिरीले जिल्लामा ती खोप नहुँदा नियमितरुपमा खोप प्राप्त गर्नुपर्ने बालबालिकाहरूले खोपको मात्रा नपाएको तथा खोप अभाव भएको भनेर पटक पटक प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा माग गरेको समेत बताउनुभयो ।

“गत माघदेखि नै हामीसँग पोलियो र डिपिटी खोपको अभाव छ, स्वास्थ्य चौकीहरूबाट माग भए अनुसार नियमित परिपूर्ति गर्न सकेका छैनौँ, खोप आपूर्ति गर्ने निकाय प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा पटक पटक माग गरेका छौँ, तर पनि खोप आएको छैन, बालबालिकाहरूले नियमित खोपको मात्रा पाउन सकेका छैनन्” निरीक्षक गिरीले भन्नुभयो ।

जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई विभिन्न १३ वटा रोगविरुद्ध नियमितरुपमा ९ किसिमको खोप लगाउनुपर्ने उहाँको भनाई छ । बाँकेमा उक्त खोप लगाउनुपर्ने बालबालिकाको सङ्ख्या १३ हजारको हाराहारीमा रहेको गिरीले बताउनुभयो । जिल्लामा पोलियो र डिपिटीको खोप नहुँदा नियमितरुपमा खोप प्राप्त गर्नुपर्ने १३ हजार बालबालिका उक्त सेवाबाट वञ्चित छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कालिका बहुमुखी क्याम्पसलाई क्युएए प्रमाणपत्र
२०८१ जेठ ८, मंगलबार
आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी
२०८१ जेठ ८, मंगलबार
राष्ट्रियसभामा पनि प्रतिपक्षको नाराबाजीका बीच धन्यवाद प्रस्ताव पारित
२०८१ जेठ ८, मंगलबार
प्रमुख प्रतिपक्षको नाराबाजीका बीच राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित
२०८१ जेठ ८, मंगलबार
पशुपतिनाथ मन्दिरको भेटी चोर्ने आठ जना पक्राउ
२०८१ जेठ ८, मंगलबार
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध धनुषामा पक्राउ पूर्जी जारी
२०८१ जेठ ८, मंगलबार
गण्डकी सरकारविरुद्धको रिट न्यायाधीश रेग्मी र पोखरेलको संयुक्त इजलासमा
२०८१ जेठ ८, मंगलबार