असार २९, २०८२ आइतबार July 13, 2025

काठमाण्डौं विश्वविद्यालयले अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाडौं विश्वविद्यालय (केयू) को भाषा तथा आमसञ्चार विभागले एक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने भएको छ।

‘साधारणीकरण सञ्चार–ढाँचाको दुई दशक’ शीर्षकमा विश्वविद्यालयको स्कुल अफ आर्ट्स् परिसर, हात्तीवन, ललितपुरमा जेठ १३ मा आयोजना गरिने उक्त अन्तर्राष्ट्रिय सङ्गोष्ठीमा नयाँ दिल्ली, भारतस्थित साउथ एसियन युनिभर्सिटी (दक्षिण एसियाली विश्वविद्यालय) का कुलपति प्राध्यापक के.के. अग्रवाल प्रमुख अतिथि रहनु हुनेछ।

यसैगरी, अमेरिकाको हिलोस्थित हवाई युनिभर्सिटीका प्राध्यापक योशिताका माइक मुख्य वक्ताका रूपमा सहभागी हुनु हुनेछ भने अन्तर्राष्ट्रिय सङ्गोष्ठीको उद्घाटन सत्रको अध्यक्षता केयूका उपकुलपति प्राध्यापक भोला थापाले गर्नुहुनेछ ।

अन्तर्राष्ट्रिय गोष्ठीमा भारतस्थित माखनलाल चतुर्वेदी विश्वविद्यालय (एमसीयू) का पूर्वउपकुलपति प्राध्यापक बी.के. कुठियाला, एमसीयूकै वर्तमान उपकुलपति प्राध्यापक के.जी. सुरेश, चीनको युनिभर्सिटी अफ इलेकट्रोनिक साइन्स एण्ड टेक्नोलोजीअन्तर्गत स्कुल अफ पोलिटिक्स एण्ड पब्लिक एड्मिनिस्ट्रेसनका उपाध्यक्ष हान हङ, इण्डोनेसियाको बालीस्थित पोलिटेक्निक नेगेरी (विश्वविद्यालय) का प्राध्यापक इदा बागुस पुटु सुअम्बा लगायतले वक्ताका रूपमा सहभागिता जनाउने निश्चित भइसकेको छ।

गोष्ठीको आयोजना, सञ्चालन र व्यवस्थापनका लागि सहप्राध्यापक डा. सुधांशु दाहालको संयोजकत्वमा मूल समिति तथा त्यसका मातहत विभिन्न १० वटा उपसमिति गठन भई क्रियाशील छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राडा श्रेष्ठका ‘अकथ्यको प्रतिध्वनि’ र ‘आफूलाई भुलाई’ सार्वजनिकीकरण
२०८२ असार २९, आइतबार
युरो कप फुटबल: स्विडेन समूह ‘सी’ विजेता बन्दै नकआउट चरणमा प्रवेश
२०८२ असार २९, आइतबार
भारत-इङ्ग्ल्याण्ड तेस्रो टेष्टको पहिलो पारी रोमाञ्चक रूपमा टाई
२०८२ असार २९, आइतबार
मेसीको दुई गोलमा इन्टर मियामीको रोमाञ्चक जीत
२०८२ असार २९, आइतबार
साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
२०८२ असार २९, आइतबार
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
२०८२ असार २९, आइतबार
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
२०८२ असार २९, आइतबार