जेठ ७, २०८१ सोमबार May 20, 2024

मन्त्रिपरिषद्को बैठकमा उपेन्द्र यादव अनुपस्थित !

जसपा नेपाल विभाजनमा प्रधानमन्त्री ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी शर्मा ओलीको भूमिका मुख्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव मन्त्रिपरिषद् बैठकमा अनुपस्थित भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकमा उनी अनुपस्थित भएका हुन् ।

उपेन्द्रले जसपा नेपाल विभाजनमा प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भूमिका देखिएपछि असन्तुष्ट बनेको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले सार्बजनिक रुपमा नै सरकार टिकाउन जसपा फुटाएको स्वीकार गरेका छन् ।

अब जसपा नेपालको नेतृत्वमा रहेको मधेश सरकारबाट पनि एमाले र माओवादी केन्द्र बाहिरिने तयारी गरेपछि यादव केन्द्रको समीकरणबाट बाहिरिने सम्भावना बढेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया