काठमाण्डाैंः दक्षिण ललितपुरको बागमती गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८मा वाग्मती प्रवेश गर्ने नाका तीनपाने भञ्ज्याङमा तरकारी सङ्कलनकेन्द्र निर्माण गर्ने भएको छ ।
गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मंगलबार प्रस्तुत गर्दै उक्त कुराको जानकारी गराए । गाउँपालिकाले अस्पताल निर्माण, वैदेशिक रोजगारीबाट फर्केर आउने युवाले व्यवसाय गर्न चाहेमा ब्याजमा अनुदानलगायतका कार्यक्रमलाई प्राथमिकता दिएको जनाइएको छ ।
गाउँसभामा उपाध्यक्ष रञ्जना घिमिरेले रु ४२ करोड ५६ लाखको बजेट प्रस्तुत गरिन् । कार्यक्रममा गाउँपालिकाले वित्तीय समानीकरणतर्फ संघीय सरकारबाट रु सात करोड ३३ लाख र प्रदेश सरकारबाट ५८ लाख ९४ हजार, सशर्त अनुदानतर्फ संघीय सरकारबाट रु १९ करोड ५२ लाख, प्रदेश सरकारबाट रु दुई करोड ३२ लाख ७५ हजार बजेट विनियोजन गरेको जानकारी दिइन् ।
यसैगरी, संघीय सरकारको राजश्व बाडफाँटबाट रु पाँच करोड १३ लाख, प्रदेश सरकारको राजश्व बाडफाँडबाट रु एक करोड ५८ लाख ३४ हजार, गाउँपालिकाको आन्तरिक आयबाट रु पाँच करोड ६३ लाख र रजिष्टे«शन दस्तुरबाट रु ५० लाख आम्दानी हुने गाउँपालिकाको अनुमान छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया