असार २९, २०८२ आइतबार July 13, 2025

तीन घण्टाको चार जीपीए नै मूल्यांकनको एउटै आधार हुन सक्दैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भक्तपुर । २१ औं शताव्दीको अहिलेको शिक्षा व्यक्तिको सकारात्मक परिवर्तनका लागि हुनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । एभरेस्ट इगलिश स्कुल भक्तपुर २ मिवाछें व्यासीले शनिबार नवआगन्तुक विद्यार्थीलाई स्वगतमा गरेको फ्रेसर्स् वेलकम (नवआगन्तुकलाई स्वागत) कार्यक्रमका वक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा शिक्षाविद् रामगोपाल कर्माचार्यले अहिलेको शिक्षा मानिसको चौतर्फी विकासमा केन्द्रित हुनुपर्ने बताए । त्यसकारण उसले जीवनमा सामना गर्नुपर्ने अनेक समस्याको समाधानका रुपमा शिक्षा हुनुपर्ने उनको भनाई थियो । चार जीपीए ल्याउनु मात्रै ठूलो होइन, उनले भने, तीन घण्टाको परीक्षामा कापीमा लेखेको उतरले मात्रै पनि विद्यार्थीको मूल्यांकन हुन सक्दैन ।

स्कुलका प्रिन्सिपल भक्त राजभण्डारीले सकारात्मक परिवर्तनका लागि शिक्षा भन्ने मुलमन्त्रलाई अगाडि सारी शिक्षा दिइरहेको बताए । उनले स्कुल स्थापनाको ४२ औं वर्षमा उत्कृष्टताका लागि शिक्षा भन्ने नारा बनाई शिक्षा दिइरहेको बताए । साथै यसअघि असल बनाऔं, असल बनौं भन्ने मान्यताका साथ शिक्षा दिइरहेको सम्झना गरे ।

कार्यक्रममा स्कुलका संस्थापक प्रिसिपल राजभण्डारीले स्कुलका विविध विषयहरुमा जानकारी पनि गराए । साथै उनले स्कुलका सञ्चालक, शिक्षक, कर्मचारी, चालक, आयादिदी, इलेक्टिसियन, प्लम्बरलगायतका सम्पूर्ण कर्मचारीहरुको परिचय पनि गराए ।

कार्यक्रममा दिइएको जानकारी अनुसार हाल स्कुलमा एक हजार दुई सय २९ विद्यार्थीहरु अध्ययनरत छन् । त्यहाँं शिक्षक कर्मचारी गरी एक सय ५० भन्दा वढी स्टाफहरु छन् ।
स्कुल पहिलो पटक भक्तपुरको झौखेलमा २०३९ सालबाट सञ्चालनमा आएको जनाइयो । स्कुलले २०५२ सालबाट एसईईमा सहभागी गराउन थालेको जनाइयो । यो वीचमा स्कुलबाट दुई हजार पाँंच सय ६३ जनाले एसइई उतीर्ण गरिसकेको जनाइयो ।

यो वर्ष एक सय १८ जना एसइईमा सहभागी भई परीक्षाफलको प्रतिक्षामा रहेको कार्यक्रममा जानकारी गराइयो । पछिल्लो एसइईमा देशभरबाट चार जना विद्यार्थीले चार जीपीए ल्याएकोमा स्कुलका दुई जना विद्यार्थीले चार जीपीए ल्याउन सफल भएको जनाइयो । साथसाथै यो वीचमा एक पटक छात्रा बोर्ड फष्ट र एक पटक छात्र बोर्ड सेकेण्ड ल्याउन सफल भएको जनाइयो ।
कार्यक्रमको उदघाटन राष्टिय गीतका सर्जक ब्याकुल माइलाले गरेका थिए । कार्यक्रममा स्कुलका विद्यार्थीले गीत, नृत्यलगायतबाट नवआगन्तुक विद्यार्थीलाई मनोरञ्जन दिलाएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युरो कप फुटबल: स्विडेन समूह ‘सी’ विजेता बन्दै नकआउट चरणमा प्रवेश
२०८२ असार २९, आइतबार
भारत-इङ्ग्ल्याण्ड तेस्रो टेष्टको पहिलो पारी रोमाञ्चक रूपमा टाई
२०८२ असार २९, आइतबार
मेसीको दुई गोलमा इन्टर मियामीको रोमाञ्चक जीत
२०८२ असार २९, आइतबार
साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
२०८२ असार २९, आइतबार
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
२०८२ असार २९, आइतबार
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
२०८२ असार २९, आइतबार
क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा
२०८२ असार २९, आइतबार