भाद्र १, २०८३ सोमबार August 17, 2026

आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : हाम्रा नर्स, हाम्रो भविष्य, हेरचाहको आर्थिक शक्ति’ भन्ने मूल नाराका साथ २०४ औँ अन्तर्राष्ट्रिय नर्सिङ दिवस विभिन्न कार्यक्रमका साथ नेपाललगायत विश्वभर मनाइँदै छ।

नर्सिङकी संस्थापक फ्लोरेन्स नाइटिङ्गेलको जन्म जयन्तीमा हरेक वर्ष मे १२ मा विश्वभर अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइन्छ। यो दिन नर्सहरूलाई सम्मान गर्न र नर्सिङ पेसालाई बढावा दिनका लागि विशेष मानिन्छ।

रोगबाट निको हुनमा औषधि र उपचारको जति भूमिका हुन्छ उत्तिकै उचित हेरचाहले महत्त्वपूर्ण भूमिका खेल्छ। यसमा चौबीसै घण्टा बिरामीको हेरचाहमा डाक्टरभन्दा नर्सहरूले ठुलो जिम्मेवारी वहन गर्छन् । उनीहरूको सम्मानमा हरेक वर्ष मे १२ का दिन विश्वभर ‘अन्तर्राष्ट्रिय नर्स दिवस’ मनाइन्छ।

वास्तवमा आधुनिक नर्सिङको संस्थापक फ्लोरेन्स नाइटिंगेलको जन्म सन् १८२० मे १२ मा भएको थियो । यही कारणले गर्दा समाज र स्वास्थ्य क्षेत्रमा नर्सको योगदानलाई स्मरण गर्ने, यस पेसाको प्रवर्द्धन र नर्सहरूलाई सम्मान गर्ने उद्देश्यले सन् १९७४ मा अन्तर्राष्ट्रिय नर्स परिषद्ले यो दिवस मनाउने घोषणा गरेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया