श्रावण ३, २०८२ शनिबार July 19, 2025

युक्रेनी सेनाले रुसको बेलगोरोडमा गोलाबारीपछि १७ जना अस्पताल भर्ना

साँझमा भएको ठूलो गोलाबारीपछि २९ जना प्रभावित भएका र त्यसमध्ये दुई महिलाको अवस्था अत्यन्तै नाजुक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मस्को, ३० वैशाख : युक्रेनी सेनाले रुसको सीमावर्ती क्षेत्र बेलगोरोडमा गरेको ठूलो गोलाबारीपछि एक बालकसहित १७ जनालाई अस्पतालमा भर्ना गरिएको क्षेत्रीय गभर्नर व्याचेस्लाभ ग्लाडकोभले आइतबार बताउनुभएको छ ।

उहाँले शनिबार गोली प्रहार भएको र घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जानकारी दिनुभयो ।

साँझमा भएको ठूलो गोलाबारीपछि २९ जना प्रभावित भएका र त्यसमध्ये दुई महिलाको अवस्था अत्यन्तै नाजुक रहेको छ ।

चिकित्सकहरूले उनीहरूको जीवन बचाउनका लागि सक्दो प्रयास गरिरहेका गभर्नरले बताउनुभयो । तीन सयभन्दा बढी अपार्टमेन्ट र धेरै सामाजिक संरचनामा क्षति पुगेको उहाँले जानकारी दिनुभयो । रासस/सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया