काठमाण्डौः नेपाली क्रिकेटर खेलाडी सन्दिप लामिछानेको मूल्य एक करोड पुगेको छ । सिजन क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा आज बुधबार हुन लागेको छोटको ड्राफ्टमा सन्दिप लामिछानेको मूल्य एक करोड रहेको छ ।
नेपालका युवा क्रिकेटर खेलाडी लेगस्पिनर सन्दिपको लागि ड्राफ्टमा ९० हजार अमेरिकी डलर अर्थात १ करोड ८ लाख ५७ हजार रुपैया तोकिएको छ । सिपियलको छनोट ड्राफ्टमा नाम लेखेएका खेलाडी मध्ये सन्दिप सबैभन्दा महंगोमा चौथो खेलाडी हुन् ।
विभिन्न २३ देशका ५ सय ३७ जना खेलाडीको नाम ड्राफ्टमा तोकिएको छ । सन्दिपले अघिल्लो सिजनको सिपिएल बर्बाडसबाट खेलेका थिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया