श्रावण ३, २०८२ शनिबार July 19, 2025

मोदीले गराए वाराणसी लोकसभा सिटबाट उम्मेदवारी दर्ता

तेस्रो पटक वाराणसीबाट चुनाव लड्दै नरेन्द्र मोदी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज वाराणसी लोकसभा सिटका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

प्रधानमन्त्री मोदीले मंगलबार वाराणसीको जिल्ला मजिस्ट्रेटको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

यसअघि वाराणसी पुगेर उनले दशाश्वमेध घाट र काल भैरव मन्दिरमा पूजा गरेका थिए ।

सो अवसरमा भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा, केन्द्रीय मन्त्रीहरू र १२ राज्यका मुख्यमन्त्रीहरू प्रधानमन्त्रीको मनोनयन कार्यक्रममा उपस्थित रहेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक वाराणसीबाट चुनाव लड्दै छन् । यसपटक कांग्रेसले अजय रायलाई उम्मेदवार बनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया