श्रावण ३१, २०८३ आइतबार August 16, 2026

निःशुल्क स्वास्थ्य शिविरबाट पाँच सयभन्दा बढी महिला लाभान्वित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिन्धुपाल्चोक, २ जेठ । मेलम्ची नगरपालिकाको आयोजना र सामुदायिक सेवा प्रतिष्ठान नेपाल भक्तपुरको प्राविधिक सहयोगमा भएको निःशुल्क महिला स्वास्थ्य शिविरमा पाँच सय २० जनाले सेवा लिएका छन् ।

मङ्गलबार भएको शिविरमा दुई सय १० आङ खस्ने रोगको समस्या भएको, १४ जनाको रिङपेशरी राखेर उपचार गरिएको, पाठेघरको शल्यक्रिया गर्नुपर्ने २० जना, तीन सय १० जनाको पाठेघरको मुखको जाँच गरिएकोमा १६ जनाको मुखको क्यान्सरको शङ्कास्पद भेटिएको र उक सय ५० जनामा पाठेघरमा सङ्क्रमण भएको पाइएको मेलम्ची नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख अस्मिता भण्डारीले जानकारी दिए ।

शिविरमा पाठेघरको मुखको क्यान्सर, आङ खस्ने समस्याको उपचार, रिङ्पेशरिको परामर्श र शल्यक्रिया सुविधा, स्त्रीरोगसम्बन्धी परीक्षण, पाठेघरको मुखको मयलको परीक्षण र परामर्श, निःशुल्क पाठेघरको शल्यक्रिया सेवा प्रदान गरिएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलको अबको चुनाववाट नेतान्याहु प्रधानमन्त्री नबन्न सक्छन्ः सर्वेक्षण
२०८३ श्रावण ३१, आइतबार
भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा
२०८३ श्रावण ३१, आइतबार
प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा बन्द
२०८३ श्रावण ३१, आइतबार
भारतीय प्रधानसेनापति धीरज सेठ काठमाडौं आउँदै
२०८३ श्रावण ३१, आइतबार
नागार्जुनमा २४ विद्यालयबीच नेपाली हिज्जे प्रतियोगिता, ज्योति एकेडेमी प्रथम
२०८३ श्रावण ३१, आइतबार
नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवापछि सेवाग्राही आकर्षित
२०८३ श्रावण ३१, आइतबार
निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने
२०८३ श्रावण ३१, आइतबार