श्रावण ३१, २०८३ आइतबार August 16, 2026

कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्ष्यण ?

जीवनशैली र खानपानमा अस्तव्यस्तताका कारण पछिल्लो दशकमा कलेजोको गम्भीर रोग र क्यान्सरका घटनाहरू तीव्र गतिमा बढ्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कलेजो हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग मध्ये एक हो । कलेजोले रगतमा रासायनिक स्तरलाई सन्तुलनमा राख्न, खाना पचाउन पित्त नामक उत्पादन र शरीरबाट फोहोरहरू हटाउनको लागि राम्रोसँग काम गर्न आवश्यक छ । तर, जीवनशैली र खानपानमा अस्तव्यस्तताका कारण पछिल्लो दशकमा कलेजोको गम्भीर रोग र क्यान्सरका घटनाहरू तीव्र गतिमा बढ्दै गएका छन् ।

अध्ययन प्रतिवेदनका अनुसार ठूलो संख्यामा युवा जनसङ्ख्या कलेजोको क्यान्सरजस्ता घातक समस्याको सिकार हुने गरेको छ । यो क्यान्सरका लक्षण समयमै पत्ता लागे र उपचार गर्न सके यो रोगको गम्भीर रुप र मृत्युदर घटाउन सहयोग पुग्ने चिकित्सकहरु बताउँछन् । कलेजोको क्यान्सरका केही लक्षणहरू धेरै अप्रत्याशित हुन्छन् र प्रायः मानिसहरूले बेवास्ता गर्छन्। आउनुहोस् जानौं कलेजोको क्यान्सर कसरी पहिचान गर्न सकिन्छ ?

कलेजो क्यान्सर समस्या

कलेजोको क्यान्सर कसरी पहिचान गर्ने भनेर जान्न अघि, यो अंगमा हुने क्यान्सरको बारेमा जान्न महत्त्वपूर्ण छ । कलेजोमा धेरै प्रकारको क्यान्सर हुन सक्छ, जसमध्ये सबैभन्दा सामान्य हेपाटोसेलुलर कार्सिनोमा हो, जुन मुख्य रूपमा कलेजोको कोशिकाहरू (हेपाटोसाइट्स) मा सुरु हुन्छ । कलेजोको क्यान्सरबाट पीडित धेरैलाई सुरुमा कुनै लक्षण नदेखिने चिकित्सकहरू बताउछन् । तर, समयसँगै क्यान्सर बढ्दै जाँदा लक्षणहरू पनि गम्भीर हुँदै जान्छन् ।

पेटमा समस्या

कलेजो रोग र क्यान्सरको प्रारम्भिक लक्षण पेटमा असुविधाको रूपमा देखा पर्छन् । यसमा, पेटको दाहिने भागमा दुखाइ सबैभन्दा सामान्य छ । सामान्यतया यस प्रकारको दुखाइ ग्यासको कारण मानिन्छ । पेट दुख्नुका साथै पेट फुल्ने र बारम्बार बान्ता हुने र वाकवाकी लाग्ने समस्या भइरहने हो भने यस विषयमा गम्भीरतापूर्वक ध्यान दिन जरुरी हुन्छ । यो क्यान्सरको लक्षण पनि हुन सक्छ ।

जन्डिसको समस्या

बारम्बार जन्डिस हुनु कलेजोको रोग र क्यान्सरको सामान्य लक्षण हुन सक्छ । रगतमा बिलिरुबिनको मात्रा बढी हुँदा जन्डिस हुन्छ । यसमा आँखाको छाला र सेतो भाग पहेँलो देखिन थाल्छ । कलेजोले राम्रोसँग काम नगर्दा यस्तो समस्या हुने चिकित्सकहरू बताउँछन् । यदि तपाईलाई पनि बारम्बार जण्डिस भइरहेको छ भने त्यसमा गम्भीर ध्यान दिनु जरुरी छ ।

कलेजोको क्यान्सरका अन्य लक्षण

कलेजोको क्यान्सरका धेरैजसो लक्षणहरू अन्य धेरै पेटसम्बन्धी समस्याहरूसँग मिल्दोजुल्दो हुन्छन्, जसका कारण मानिसहरूलाई पहिचान गर्न गाह्रो हुन्छ । पेटको समस्या र जण्डिसका अलावा कलेजोको यो गम्भीर रोगलाई अन्य केही लक्षणहरूमा ध्यान दिएर पनि पत्ता लगाउन सकिन्छ । जस्तै प्रयास बिना वजन कम हुनु, भोक नलाग्नु, बारम्बार कमजोरी हुनु, बारम्बार वान्ता हुनु वा हुन खोज्नु, कमजोरी र थकान हुनु आदि ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलको अबको चुनाववाट नेतान्याहु प्रधानमन्त्री नबन्न सक्छन्ः सर्वेक्षण
२०८३ श्रावण ३१, आइतबार
भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा
२०८३ श्रावण ३१, आइतबार
प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा बन्द
२०८३ श्रावण ३१, आइतबार
भारतीय प्रधानसेनापति धीरज सेठ काठमाडौं आउँदै
२०८३ श्रावण ३१, आइतबार
नागार्जुनमा २४ विद्यालयबीच नेपाली हिज्जे प्रतियोगिता, ज्योति एकेडेमी प्रथम
२०८३ श्रावण ३१, आइतबार
नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवापछि सेवाग्राही आकर्षित
२०८३ श्रावण ३१, आइतबार
निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने
२०८३ श्रावण ३१, आइतबार