असार २८, २०८२ शनिबार July 12, 2025

कोरोनाबाट पोखरामा दोस्रो व्यक्तिको मृत्यु, अर्जुनचौपारी घर, सिरुवारीमा व्यापार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । कोरोनाका कारण पोखरामा मृत्यु भएको दोस्रो व्यक्तिको कुनै ट्राभल हिस्ट्री नभएको व्यक्ति भएको पाइएको छ ।

कोरोनाका कारण बुधबार राति मृत्यु भएका उनी अर्जुनचौपारी गाउँपालिका वडा नं। ४ स्थायी ठेगाना भएका व्यक्ति हुन । तर आँधिखोला गाउँपालिकाको सिरुवारीमा पसल गर्दै आएका थिए ।

उनलाई कहाँबाट कोरोना सरेको हो भन्ने अहिलेसम्म पत्ता नलागेको अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष चिनमाया गुरुङले बताइन् । ‘केही दिन अगाडि ज्वरो आएर पोखरा जानुभएको हो, विदेशबाट आउनुभएको व्यक्ति उहाँ होइन’ उनले टेलिफोनमा नागरिक खबरसँग भनिन्, ‘स्थायी घर यता भए पनि उहाँहरुको परिवारले व्यापार गर्ने उतै आँधिखोलातिर हो ।’

मृतकको कन्ट्रयाक ट्रेसिङ र परिवारको पिसिआर गर्ने क्रम सुरु भएको समेत उनले बताइन् ।

यता आँधिखोला गाउँपालिका अध्यक्ष सुधीर कुमार पौडेलले उनी सिरुवारीमा पसल गर्दै आएको व्यक्ति भएको पुष्टि गरेका छन ।

स्याङ्जा वालिङका ५८ बर्षिय पुरुषले समेत कोरोनाका कारण यसअघि ज्यान गुमाएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया