श्रावण ३१, २०८३ आइतबार August 16, 2026

बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट झण्डै १८ सय नागरिक लाभान्वित

गाउँपालिका भित्रकै आधारभूत अस्पतालमा विशेषज्ञ डाक्टरहरूसँग चेकजाँच गराउन पाउँदा स्थानीय खुसी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकामा निःशुल्क बृहत् स्वास्थ्य शिविरबाट झन्डै १८ सय नागरिकले स्वास्थ्य सेवा लिएका छन् ।

गाउँपालिकाले स्वास्थ्य सेवाको अधिकारलाई सुनिश्चित गर्ने उद्देश्यले एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

गाउँपालिकाको केन्द्र शान्तिपुरमा आयोजना गरिएको शिविरबाट सुगर, थाइराइड्स, दम, पेट, छाती, यौनरोग, हाडजोर्नी, सुगर, नशारोग, महिला प्रस्तुती तथा स्त्री रोग लगायतका सेवा दिइएको चन्द्रकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलले गरेको जानकारी दिनुभयो ।

फिजिसियन सेवातर्फ ५ सय ८०, हाडजोर्नी तथा नसा रोगतर्फ ३ सय ४७, महिला प्रसूति तथा स्त्री रोगतर्फ १ सय ६०, युरो सर्जनतर्फ २४, छाला तथा यौन र आँखा उपचारमा १५९ प्रयोगशालातर्फ १ सय ५४ जना सर्वसाधारणले शिविरबाट सेवा लिएका छन् ।

एक दिने शिविरबाट कुल १ हजार ७५४ जना सर्वसाधारण लाभान्वित भएका छन् । गाउँपालिका भित्रकै आधारभूत अस्पतालमा विशेषज्ञ डाक्टरहरूसँग चेकजाँच गराउन पाउँदा खुसी लागेको स्थानीय पार्वती गौतमको भनाइ छ ।

गाउँपालिका भित्रका असहाय तथा आर्थिक अभावका कारण स्वास्थ्य चेक जाँचबाट वञ्चित नागरिकलाई सेवा प्रदान गर्ने हेतुले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसीले बताउनुभयो ।

शिविरमा सुगर, प्रेसर, थाइराइड्स, बाथ दम छाती तथा मुटुरोग विशेषज्ञ डा.हरिप्रसाद पन्थी, डा.विभव बस्याल र डा.दुर्गा सुरखालीले सेवा दिनुभएको लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत भरतजंग क्षेत्रीले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलको अबको चुनाववाट नेतान्याहु प्रधानमन्त्री नबन्न सक्छन्ः सर्वेक्षण
२०८३ श्रावण ३१, आइतबार
भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा
२०८३ श्रावण ३१, आइतबार
प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा बन्द
२०८३ श्रावण ३१, आइतबार
भारतीय प्रधानसेनापति धीरज सेठ काठमाडौं आउँदै
२०८३ श्रावण ३१, आइतबार
नागार्जुनमा २४ विद्यालयबीच नेपाली हिज्जे प्रतियोगिता, ज्योति एकेडेमी प्रथम
२०८३ श्रावण ३१, आइतबार
नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवापछि सेवाग्राही आकर्षित
२०८३ श्रावण ३१, आइतबार
निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने
२०८३ श्रावण ३१, आइतबार