असार २८, २०८२ शनिबार July 12, 2025

मकवानपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । मकवानपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया गाउँपालिका–२ कालापानी बस्ने १७ वर्षीया सम्झना घिसिङ र सोही ठाउँ बस्ने २५ वर्षीया बिना घिसिङ रहेका छन् ।

आफ्नै घरमा बसिरहेको अवस्थामा बुधबार राति चट्याङ पर्दा सम्झनाको घटनास्थलमै मृत्यु भएको थियो भने बिना गम्भीर घाइते भएकी थिइन् । बिनाको उपचारको क्रममा प्रथामिक स्वास्थ्य चौकी बकैयामा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

चट्याङले सोही ठाउँ बस्ने १४ वर्षीय किरण जिम्वा घाइते भएकी छन् । उनको बकैयास्थित प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया