असार २८, २०८२ शनिबार July 12, 2025

अख्तियार विधेयक अघि नबढाउन कांग्रेस सभापति देउवा सकारात्मक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । निजी क्षेत्रलाई तर्साउने गरी आएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तेस्रो संसोधन विधेयक, २०७६ अघि नबढाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सकारात्मक देखिएका छन्।

बुधबार नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधि मण्डलसँगको भेटघाटका क्रममा सभापति देउवाले निजी क्षेत्रलाई तर्साउने विधेयक अघि नबढाउन आफ्नो सहमति हुने बताएका हुन् ।

देउवालाई भेट्न बुधबार बिहान महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, परिसंघका अध्यक्ष सतिशकुमार मोर, महासंघ उपाध्यक्ष किशोर प्रधानलगायतको टोली उनको निवास पुगेको थियो ।

भेटमा उद्योगी-व्यवसायीहरूले अख्तियार विधेयक सोही अवस्थामा पारित भए निजी क्षेत्रको मनोबल घट्ने र यसले अर्थतन्त्रमा नकारात्मक असर गर्ने धारणा राखेका थिए ।

निजी क्षेत्रलाई नियमन गर्नका लागि हरेक मन्त्रालयमा कुनै न कुनै निकाय भएको भन्दै अख्तियारले आफ्नो उद्देश्यमा केन्द्रित भएर काम गर्नुपर्ने बताएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया