असार २३, २०८२ सोमबार July 7, 2025

कोरोना संक्रमितको शव गाड्न नदिन पोखरामा टायर बालेर विरोध प्रदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । पोखरामा मृत्यु भएका कोरोना भाइरस संक्रमितको शव व्यवस्थापनमा प्रशासनले अर्को व्यवधान व्यहोर्नुपरेको छ ।

कोरोना संक्रमितको शव गाड्न नदिन भन्दै पोखरा महानगरपालिका वडा नं. ३२ का स्थानीयले टायर नै बालेर विरोध प्रदर्शन गरेका छन ।

स्थानीय प्रशासनले तल्लो गगनगौंडा क्षेत्रमा पर्ने लामतरास्थित सेती नदी किनारमा शव व्यवस्थापनको तयारी गरेको थाहा पाउनसाथ घाट क्षेत्रमा जाने बाटोमा अवरोध गरी टायर बालेका हुन ।

अन्य क्षेत्रका संक्रमित आफ्नो क्षेत्रमा ल्याएर गाड्न लागिएको भन्दै उनीहरुले आन्दोलन गर्नुपरेको बताएका छन् ।

यसअघि पहिलो कोरोना संक्रमितको व्यवास्थापन गर्न पोखराको स्थानीय प्रशासन ठूलो व्यवस्थापन गर्नुपरेको थियो । पोखरा वडा नं. ११ मा शव गाड्न प्रशासनले प्रहरी फोर्स लगाउनुपरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया