असार २४, २०८१ सोमबार July 8, 2024

चराको प्वाँख २८ हजार डलरमा बिक्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः न्यूजिल्याण्डको लोप भैसकेको हुइया चराको प्वाँख २८ हजार ४१७ डलरमा लिलामी भएको छ ।

लिलामी गर्ने कम्पनीले ३ हजार डलरसम्म पुग्ने अपेक्षा गरेको तर यो प्वाँखको लिलामीले पुरानो रेकर्ड ध्वस्त भएको बताएको छ ।

यो चरा न्युजिल्याण्डको माओरी जनजातिका लागि धेरै पवित्र मानिन्थ्यो । यी मानिसहरू आफ्नो पगडीमा यो चराको प्वाँख लगाउने गर्थे वा यो प्वाँखलाई उपहारको रूपमा पनि प्रयोग गरिन्थ्यो ।

न्यूजिल्याण्डको संग्रहालयका अनुसार यो चरा अन्तिम पटक सन् १९०७ मा देखिएको थियो ।

दुई–तीन दशकअघि पनि यसको दर्शनका केही अपुष्ट समाचारहरू आएका थिए ।

यो चरा यसको जम्प गर्ने क्षमता र सुन्दर प्वाँखका लागि परिचित थियो। सोमबार लिलामी गरिएको प्वाँख राम्रो अवस्थामा रहेको र कीराले क्षति नगरेको लिलामी कम्पनीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
२०८१ असार २४, सोमबार
‘शैक्षिक गुणस्तर सुधार्न प्रविधिमैत्री शैक्षिक सामग्री आवश्यक’
२०८१ असार २४, सोमबार
‘पीडितमैत्री सङ्क्रमणकालीन न्यायका लागि सरकारलाई जिम्मेवार बनाउन एकजुट हुनुपर्छ’
२०८१ असार २४, सोमबार
प्रधानमन्त्रीलाई थप दुई मन्त्रालयको कार्यभार
२०८१ असार २४, सोमबार
युक्रेनी बाल अस्पतालमा रुसको आक्रमण, कम्तीमा २३ जनाको मृत्यु
२०८१ असार २४, सोमबार
प्रचण्ड सरकारले जनतामा निराशा बढायो, अब मुलुकलाई आशातर्फ लैजानुपर्छ : महासचिव पोखरेल
२०८१ असार २४, सोमबार
राष्ट्रपति पौडेलद्वारा लगानी सहजीकरण सम्बन्धी विधेयक प्रमाणीकरण
२०८१ असार २४, सोमबार