श्रावण ३, २०८२ शनिबार July 19, 2025

युक्रेनको खार्किभ क्षेत्रमा ११ हजार मानिस विस्थापित

सीमाबाट केवल पाँच किलोमिटर टाढा भोभचान्स्क क्षेत्रमा ‘लडाइँ जारी 

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः युक्रेनको उत्तरपूर्वी खार्किभ क्षेत्रमा रूसी सेनाले मे १० मा जमिनी आक्रमण गरेपछि करिब ११ हजार मानिस आफ्नो घर छोड्न बाध्य भएको युक्रेनी गभर्नरले बिहीबार बताएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणले रुसलाई १८ महिनामा सबैभन्दा ठूलो क्षेत्रीय लाभ भएको बताउँदै धेरै लहरमध्ये यो पहिलो हुनसक्ने बताउनुभयो ।

खार्किभका गभर्नर ओलेग सिनेगुबोभले टेलिग्राममा एक पोस्टमा सार्वजनिक गरेको तथ्याङ्क अनुसार आक्रमणपछि  १० हजार ९८० जनालाई उक्त स्थानबाट बाहिर निकालिएको छ ।

रूसी सेनाहरू लिप्ट्सी र भोभ्चान्स्क सहरलगायत सीमावर्ती गाउँतर्फ अघि बढेपछि हजारौँ मानिसहरू आफ्नो घर छोडेर भाग्न बाध्य भएका थिए ।

सीमाबाट केवल पाँच किलोमिटर टाढा भोभचान्स्क क्षेत्रमा ‘लडाइँ जारी  रहेको बताउँदै जनरल स्टाफले आफ्ना रक्षकहरूले सफल रूपमा प्रतिरोध गरिरहेको  जनाउनुभएको छ ।

युद्ध अध्ययन संस्थानको तथ्याङ्क अनुसार मस्कोले मे ९ देखि १५ बीचमा आक्रमणबाट युक्रेनी क्षेत्रको २७८ वर्ग किलोमिटर जमिन कब्जा गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया