मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

अन्तर्राष्ट्रिय एसियन तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाल चाङ हुन अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घको आयोजनामा प्रथम चाङ हुन अन्तर्राष्ट्रिय एसियन तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

कराते महासङ्घको एकेडेमीमा आयोजना हुने उक्त प्रतियोगितामा आयोजक नेपालसहित मलेसिया, बङ्गलादेश, भारत, चीन, पाकिस्तान, भियतनाम, फिलिपिन्स, श्रीलङ्का र सिङ्गापुर गरी करिब दुई हजार पाँच सय खेलाडीको सहभागिता रहने महासङ्घका अध्यक्ष कुलबहादुर बुढामगरले जानकारी दिनुभयो ।

यही जेठ १३ गतेसम्म आयोजना हुने प्रतियोगितामा ८५ स्वर्णपदक, ८५ रजत तथा एक सय १६ कास्यपदकका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा पुरुषतर्फ २० किलो, २१—२६, २७—३२, ३३—३८, ३९—४४, ४५—५०, ५१—५६, ५७—६२, ६३—६८, ६९—७४ र ७४ किलोमाथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

त्यसैगरी महिलातर्फ २० किलोमुनि, २१–२६, २७–३२, ३३–३८, ३९–४४, ४५–५०, ५१–५६, ५७–६२ र ६२ किलोभन्दा माथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ । सिनियर तौल समूह ९ब्ल्याक बेल्ट०को पुरुषतर्फ ४४ किलो मुनि, ४५–५०, ५१–५६, ५७–६२, ६३–६८, ६९–७४, ७५–८० र ८० किलोमाथि, महिलातर्फ ३८ किलोमुनि, ३९–४४, ४५–५०, ५१–५६, ५७–६२, ६३–६८, ६९–७४ र ७४ किलोमाथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

यस्तै एकल काताको पुरुषतर्फ एलो, ग्रीन, ब्ल्यु, रेड, ब्ल्याक बेल्ट (पहिलो देखि पाँचौँ डान) र महिलातर्फ एलो, ग्रीन, ब्ल्यु, रेड, ब्ल्याक बेल्ट (पहिलो देखि पाँचौँ डानसम्म प्रतिस्पर्धा हुनेछ । समूह काताअन्तर्गत पुरुष सिनियर (ब्ल्याक बेल्ट), जुनियर (कलर बेल्ट) र महिला सिनियर (ब्ल्याक बेल्ट), जुनियर (कलर बेल्ट) मा प्रतिस्पर्धा हुनेछ ।

उक्त प्रतियोगिता सञ्चालनको लागि करिब रु ५० लाख खर्च लाग्ने आयोजकले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वैशाखमा स्थानीय र मंसिरमा प्रदेशसभा निर्वाचन गर्ने आयोगको प्रस्ताव
२०८३ मंग्सिर ४, शुक्रबार
डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ मंग्सिर ४, शुक्रबार
भारत भ्रमण स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले गर्यो सात महत्त्वपूर्ण निर्णय
२०८३ मंग्सिर ४, शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ
२०८३ मंग्सिर ४, शुक्रबार
नेपाल-नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल
२०८३ मंग्सिर ४, शुक्रबार
इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
२०८३ मंग्सिर ४, शुक्रबार
राप्रपा महाधिवेशनमा अध्यक्षका लागि ज्ञानेन्द्र शाही पनि मैदानमा
२०८३ मंग्सिर ४, शुक्रबार