श्रावण ३१, २०८३ आइतबार August 16, 2026

स्वास्थ्य क्षेत्रमा बजेटको कमी हुन दिन्नौँ’- मन्त्री यादव

स्वास्थ्य मन्त्रालयअन्तर्गतका प्रत्येक विभाग, महाशाखा र केन्द्रका लागि पर्याप्त बजेटको व्यवस्थापन गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य क्षेत्रमा बजेट कमी हुन नदिन प्रतिबद्धता व्यक्त गर्नुभएको छ । स्वास्थ्य सेवा विभागको आज निरीक्षण गर्दै उहाँले स्वास्थ्य संवेदनशील क्षेत्र रहेकाले बजेट बढाउन पहल गरिरहेको बताउनुभयो ।

“तपाईहरु काम गर्नुस् । बजेटको कमी हुन दिने छैन । मैले यसबारे अर्थ मन्त्रालयसँग निरन्तर छलफल गरिरहेको छु । बजेटको सिलिङ बढ्छ”, मन्त्री यादवले भन्नुभयो । स्वास्थ्य मन्त्रालयअन्तर्गतका प्रत्येक विभाग, महाशाखा र केन्द्रका लागि पर्याप्त बजेटको व्यवस्थापन गरिने उहाँले उल्लेख गर्नुभयो ।

मन्त्री यादवले महामारी जहिल्यै पनि आउन सक्ने र यसका लागि तयारी अवस्थामा रहन सबैलाई आग्रह गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलको अबको चुनाववाट नेतान्याहु प्रधानमन्त्री नबन्न सक्छन्ः सर्वेक्षण
२०८३ श्रावण ३१, आइतबार
भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा
२०८३ श्रावण ३१, आइतबार
प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा बन्द
२०८३ श्रावण ३१, आइतबार
भारतीय प्रधानसेनापति धीरज सेठ काठमाडौं आउँदै
२०८३ श्रावण ३१, आइतबार
नागार्जुनमा २४ विद्यालयबीच नेपाली हिज्जे प्रतियोगिता, ज्योति एकेडेमी प्रथम
२०८३ श्रावण ३१, आइतबार
नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवापछि सेवाग्राही आकर्षित
२०८३ श्रावण ३१, आइतबार
निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने
२०८३ श्रावण ३१, आइतबार