श्रावण ३, २०८२ शनिबार July 19, 2025

संयुक्त राष्ट्र संघ अदालतको आदेश- रफाहमा इजरायलले आक्रमण तुरुन्त रोकोस्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : संयुक्त राष्ट्र संघको सर्वोच्च अदालतले दक्षिण अफ्रिकाले ल्याएको इजरायल विरुद्धको मुद्दामा आफ्नो फैसला सुनाएको छ। अदालतले इजरायललाई दक्षिणी गाजा शहर रफाहमा आफ्नो सैन्य कारबाही रोक्न आदेश दिएको छ।

अदालतले आदेशमा भनेको छ, ‘इजरायलले तुरुन्तै रफाहमा आफ्नो सैन्य आक्रमण र गाजामा प्यालेस्टिनी समूहलाई पूर्ण वा आंशिक रूपमा भौतिक विनाश ल्याउन सक्ने अन्य कुनै पनि कारबाही रोक्नुपर्दछ।’

दक्षिण अफ्रिकाले मे १० मा इजरायल विरुद्धको नरसंहारको मुद्दामा थप उपायहरूका लागि तत्काल अनुरोध दायर गरेको थियो।

त्यस्तै यस मुद्धामा नेदरल्यान्ड्सको द हेगमा रहेको अन्तर्राष्ट्रिय अदालतका न्यायाधीशहरूको प्यानल बसेको छ र यस्तै प्रकृतिको  मुद्धामा फैसला सुनाउने तयारी गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया