असार २२, २०८२ आइतबार July 6, 2025

कोरोना भाईरसको कारण बर्लीन म्याराथन रद्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जर्मनीमा आयोजना हुने यस वर्षको बर्लीन म्याराथन रद्द भएको छ । कोरोना भाईरसको महामारीको कारण सेप्टम्बरमा हुने बर्लीन म्याराथन रद्द गरिएको छ ।

यस वर्षको बर्लीन म्याराथन सेप्टेम्बर २७ मा हुने तय थियो । यस्तै अमेरिकामा आयोजना हुने न्युयोर्क सिटी म्याराथन समेत रद्द गरिएको छ ।

न्युयोर्क म्याराथन नोभेम्बर १ मा हुने तालिका रहेको छ । अमेरिकामा कोरोनाको महामारी कायम रहेपछि विश्वकै ठुलो म्याराथन दौड न्युयोर्क म्याराथन रद्द गरिएको हो ।

यस वर्ष लण्डन म्याराथन समेत रद्द हुने बताईएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया