श्रावण ३१, २०८३ आइतबार August 16, 2026

स्वास्थ्यमन्त्री यादवको जेनेभा भ्रमण कार्यक्रम स्थगित

काँग्रेस समेत आक्रामक रूपमा प्रस्तुत भएको र नयाँ जसपाको अस्तित्व नै नराख्ने गरी सर्वोच्चमा मुद्दा परेपछि मन्त्री यादव रोकिएको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः स्वास्थ्यमन्त्री प्रदीप यादवको स्विट्जरल्याण्डको जेनेभा जाने कार्यक्रम स्थगित भएको छ । बदलिदो राजनीतिक घटनाक्रमले उनको जेनेभा भ्रमण अन्तिम समयमा आएर रोकिएको हो ।

जेनेभामा आगामी २७ मे देखि १ जुनसम्म विश्व स्वास्थ्य संगठनको ७७ औँ महासभा हुँदैछ । त्यही सभामा नेपालबाट सहभागी हुने ४ सदस्यीय टोलीको नेतृत्व गर्दै मन्त्री यादव आज राती त्यस तर्फ जाने कार्यक्रम थियो । आज राती एयरपोर्ट जाने र शनिवार बिहान २ स् १५  बजे मा कतार एयरको उडानबाट दोहा हुँदै जेनेभा जाने तालिका थियो । त्यसमा मन्त्री यादव सहित उनका विज्ञ सल्लाहकार अवधेशकुमार दास, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा संगिता कौशल मिश्रा र स्वास्थ्य मन्त्रालय समन्वय महाशाखाका प्रमुख डा चुमनलाल दास थिए ।

टिकट देखि आवासीय सबै व्यवस्था मिलाइसके पछि आज अपरान्ह मन्त्री नजाने बताएका हुन् ।‘मन्त्री ज्यू भोली विहानको उडानमा नजाने हुनु भयो । सल्लाहकार के गर्नु हुन्छ थाहा छैन तर स्वास्थ्यका दुई अधिकारीहरु महानिर्देशक डा मिश्रा र डा.दास भने जानु हुनेछ,’ मन्त्रालय स्रोतले भन्यो । डब्लुएचओले सभा सुरु भएको पहिलो दिन २७ तारिखमै नेपालको बोल्ने पालो राखेको थियो । जेनेभा जाने टोली सदस्यहरुले मन्त्री यादवले सभालाई सम्बोधन भाषण समेत तयार गरिदिइसकेका थिए ।

‘केही जरुरी काम परेको छ, भोलि नै जान नमिल्ने भयो, एक दुई दिन पछि जान पनि सकिन्छ भन्नु भएको छ । एक दुई दिन पछि त के जानु होला र,’ स्रोतले भन्यो ।

मन्त्री यादवले किन स्थगित गरे भ्रमण ?

जनता समाजवादी पार्टी नेपाल फुटेर बनेको जसपालाई १४ जेठसम्म तनाव छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले फुटेर बनेको नयाँ दल जसपाको कानुनी प्रक्रिया नै पुरा नभएको भन्दै सर्वोच्चमा मुद्दा हालेपछि तनाव बढेको हो । सो मुद्दालाई अहिले हेर्दा हेर्दैमा राखिएको छ र पेशी १४ जेठका लागि तोकिएको छ ।

पछिल्लो समय सत्ता गठबन्धनविरुद्ध नेपाली काँग्रेस समेत आक्रामक रूपमा प्रस्तुत भएको र नयाँ जसपाको अस्तित्व नै नराख्ने गरी सर्वोच्चमा मुद्दा परेपछि मन्त्री यादव रोकिएका हुन् । ‘भन्न त मन्त्री ज्यूले बजेट आउँदै छ । पास गर्नु परयो । नीति तथा कार्यक्रम पनि पास गर्नु परयो । धेरै काम बाँकी छ । अहिले विदेश जाने अवस्था बनेन भन्नु भएको छ । तर चुरो कुरा यो हो,’ मन्त्रालयका एक अधिकारीले भने ।

सचिव बुर्लाकोटीको नाम काटेर मन्त्री आफै जान कस्सिएका थिए । सामान्य त यस्तो सभामा मन्त्री सचिव र उच्च अधिकारीहरू जाने प्रचलन हो । कहिलेकाहीँ मन्त्री जान नभ्याए मन्त्रालयको सचिव ले टोली नेतृत्व गर्दै जाने र सम्बोधन गर्ने कार्यक्रम रहन्छ तर यस पटक दुवै हुने भएनन् ।

अघिल्ला मन्त्री उपेन्द्र यादवले यस पटक जेनेभा सभामा आफू नजाने भन्दै प्रशासन सचिव मधुसूदन बुर्लाकोटीको नाम टिपाएका थिए । तर नयाँ गठबन्धनपछि मन्त्री बनेका यादवले बुर्लाकोटीको नाम हटाई आफ्नो नाम राखेका थिए ।‘आफ्नो नाम राख्नु त स्वाभाविक हो तर जान नसक्दा भने नेपालको अन्तराष्ट्रिय फोरममा कमजोर उपस्थिति मानिने हुन्छ । नेतृत्व विहीन टोलीले के नै गर्न सक्छ र रू’ एक अधिकारीले बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलको अबको चुनाववाट नेतान्याहु प्रधानमन्त्री नबन्न सक्छन्ः सर्वेक्षण
२०८३ श्रावण ३१, आइतबार
भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा
२०८३ श्रावण ३१, आइतबार
प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा बन्द
२०८३ श्रावण ३१, आइतबार
भारतीय प्रधानसेनापति धीरज सेठ काठमाडौं आउँदै
२०८३ श्रावण ३१, आइतबार
नागार्जुनमा २४ विद्यालयबीच नेपाली हिज्जे प्रतियोगिता, ज्योति एकेडेमी प्रथम
२०८३ श्रावण ३१, आइतबार
नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवापछि सेवाग्राही आकर्षित
२०८३ श्रावण ३१, आइतबार
निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने
२०८३ श्रावण ३१, आइतबार