कार्तिक २९, २०८३ आइतबार November 15, 2026

थाहा पाउनुहोस् आजको दैनिक राशिफल

कुम्भलाई शनिदेवको छाया योग रहेकाले सोचेको काम नबन्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मेष : संयमित भएर भएको धन जोगाउनु राम्रो हुनेछ। ठुला योजनाको सुरुवात नगर्नु राम्रो हुन्छ। प्रतिस्पर्धी शान्त भएकाले श्रम लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष :दिन रमाइलो बन्नेछ। राम्रो कमाइ हुनेछ। विदेशमा भन्दा स्वदेशमा धेरै सम्भावना छन्। कृषि र पशुपन्छीको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ। व्यापारमा फाइदा हुनेछ।

मिथुन : श्रमको मूल्य प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुने दिन छ। सामाजिक सेवाको अवसर प्राप्त हुनेछ। समाजमा तपाईंको सम्मान बढ्नेछ।

कर्कट : दिन सामान्य छ। विरोधी सक्रिय भएकाले पैसाको कारोबारमा सचेत हुनु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्ने योग छ। परिवारमा मनमुटाव हुने देखिन्छ। आफ्नो कुरा मात्र लागू हुन्छ भनेर सोच्नु गलत हुनेछ। विदेशमा गरेको लगानीले उत्साह बढाउने छ।

सिंह : बोलीको प्रभावले तपाईंको आकर्षण बढ्नेछ। शिक्षा क्षेत्रमा राम्रो आम्दानी हुनेछ। साथीको सहयोग प्राप्त हुने दिन छ। लगानीको क्षेत्रमा परिवारको सुझाव लिएर अगाडि बढेमा सफलता हात लाग्नेछ।

कन्या : उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। शिक्षा क्षेत्रमा अवसरको ढोका खुल्नेछ। देशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा छलफल नगरी कामको सुरुवात गर्दा विवाद हुने देखिन्छ।

तुला : परीक्षाको नतिजा राम्रो प्राप्त हुनेछ। तपाईंको सफलता देखेर विरोध गर्नेहरु सक्रिय हुनेछन्। परिवारमा विवाद हुने जोखिम रहेकाले घर व्यवहारमा समय दिनु राम्रो हुनेछ।

वृश्चिक : खर्च बढ्ने योग छ। श्रमको मूल्य प्राप्त नहुने देखिन्छ। साथी अनुकुल भएकाले सामाजिक सेवामा अवसर मिल्नेछ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। लगानीका क्षेत्रमा देशभित्र अवसर देखिन्छन्। यसलाई सदुपयोग गर्नु राम्रो हुनेछ।

धनु : भाग्यको उदय हुनेछ। लगानी सफल बन्नेछ। मनमा उत्साह बढ्नेछ। नयाँ ठाउँको यात्रा तय हुनेछ। पुराना साथीसँगको भेटले दिन रमाइलो हुनेछ। परिवारको साथ लिएर लगानी गर्नु फाइदाजनक हुनेछ।

मकर : झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। श्रमको उचित मूल्यांकन नहुने योग छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट प्रगति हुनेछ। परिवारको साथ पाएमा दैनिकी सहज बन्नेछ।

कुम्भ : शनिदेवको छाया योग रहेकाले सोचेको काम नबन्ने जोखिम हुन्छ। आजै बन्ने काम झुलाएर राख्ने खतरा देखिन्छ। लगानीका क्षेत्रमा विवाद हुनेछ। परिवारको तर्फबाट भने रचनात्मक साथ मिल्नेछ।

मीन : दिन राम्रो छ। तपाईंका पूर्व योजना सफल बन्नेछन्। आफन्तसँगको भेटले मन खुशी हुनेछ। स्वास्थ्यमा लामो समयदेखि देखिएको समस्याको सुधार हुँदै जानेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारले नागरिकका पक्षमा काम गरोस् : महामन्त्री पौडेल
२०८३ कार्तिक २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा गुह्येश्वरीमा छठीमाताको पूजा आराधनासहित अर्घ दान
२०८३ कार्तिक २९, आइतबार
कोप-३१ मा सहभागी भई अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता
२०८३ कार्तिक २९, आइतबार
तेक्वान्दो खेलाडी वैभवीलाई थाइल्यान्डमा दुई पदक
२०८३ कार्तिक २९, आइतबार
एनपीएल : कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
२०८३ कार्तिक २९, आइतबार
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव
२०८३ कार्तिक २९, आइतबार