श्रावण ३१, २०८३ आइतबार August 16, 2026

पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान देशभर सुरु

जेठ २६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई समेटिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ललितपुर। पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान देशभर प्रारम्भ भएको छ । अभियानअन्तर्गत १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई खोप लगाइने छ ।

“सतहत्तर वटै जिल्लामा खोप अभियान प्रारम्भ भएको छ, नियमित खोप कार्यक्रम सञ्चालन भएका खोप केन्द्रमा पनि ‘आइपिभी’ को व्यवस्था गरेका छौँ”, अभियान सुरु भएको जानकारी दिँदै केन्द्रीय खोप अभियानका प्रमुख अभियान गौतमले रासससँग भने ।

यही जेठ २६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा २०७३ देखि २०७५ सम्म नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई समेटिने उनले बताए। विसं २०७१ देखि नेपालमा खोप लगाउन सुरु गरिए पनि २०७३ देखि २०७५ सालसम्म विश्वभर आइपिभी खोपको अभाव हुँदा देशभरका बालबालिका खोपबाट वञ्चित भएकाले अभियान सञ्चालन गरिएको उनले जानकारी दिए।

नियमित खोप सञ्चालनका क्रममा बालबालिकालाई जन्मिएको दिनदेखि १५ महिनाभित्र सातपटक १३ वटा रोगबाट बच्ने खोप लगाउनुपर्ने व्यवस्था गरिएको तथा त्यस अवधिमा छुटेका बालबालिकालाई १६ देखि २३ महिनाभित्र खोप लगाउने व्यवस्था गरिएको उनले बताए।

यसैबीच, ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारबाट रासस समाचारदाताले पठाएको समाचारअनुसार जिल्लामा सात हजार बालबालिकालाई लक्ष्य गरेर सञ्चालित खोप अभियान सुरु भएको छ ।

जिल्ला खोप समन्वय समितिले जिल्लाका नौमध्ये चार स्थानीय तहमा आजदेखि जेठ १८ गतेसम्म, जेठ २० देखि २५ गतेसम्म पाँच स्थानीय तहमा अभियान सञ्चालन हुने जनाएको छ ।

अभियानका लागि जिल्ला भरमा तीन सय ९८ वटा केन्द्र निर्धारण गरिएको छ । अभियानमा एक सय २१ जना स्वास्थ्यकर्मी र सात सय ९६ जना स्वयंसेवक परिचालन भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलको अबको चुनाववाट नेतान्याहु प्रधानमन्त्री नबन्न सक्छन्ः सर्वेक्षण
२०८३ श्रावण ३१, आइतबार
भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा
२०८३ श्रावण ३१, आइतबार
प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा बन्द
२०८३ श्रावण ३१, आइतबार
भारतीय प्रधानसेनापति धीरज सेठ काठमाडौं आउँदै
२०८३ श्रावण ३१, आइतबार
नागार्जुनमा २४ विद्यालयबीच नेपाली हिज्जे प्रतियोगिता, ज्योति एकेडेमी प्रथम
२०८३ श्रावण ३१, आइतबार
नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवापछि सेवाग्राही आकर्षित
२०८३ श्रावण ३१, आइतबार
निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने
२०८३ श्रावण ३१, आइतबार