कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

बुढानीलकण्ठका मेयरसहित तीन वडाध्यक्षलाई पक्राउ गर्न अदालतको आदेश

वडाध्यक्षहरू नवराज भट्टराई, सुमन तामाङ र चन्द्रमान श्रेष्ठलाई एक महिना कैदको सजाय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः काठमाडौँ जिल्ला अदालतले बुढानीलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीसहित तीन जना वडाध्यक्षलाई एक महिना कैदको फैसला सुनाउँदै पक्राउ आदेश जारी गरेको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको इजलासले यस्तो फैसला सुनाएको हो । अदालतले वडाध्यक्षहरू नवराज भट्टराई, सुमन तामाङ र चन्द्रमान श्रेष्ठलाई सजाय सुनाएको हो ।

नगरले अनधिकृत रुपमा व्यक्तिको जग्गा कब्जा गरेको विषयमा परेको निवेदनमा अदालतले पछिल्लो फैसला गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया