श्रावण ३, २०८२ शनिबार July 19, 2025

पपुवा न्युगिनी पहिरोमा परि ६ सय ७० पुरिएको अनुमान

करिब २ सय ५० घर सर्वसाधारण पनि विस्थापित हुन बाध्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पपुवा न्युगिनीमा गएको भीषण पहिरोमा परी ६ सय ७० जना पुरिएको अनुमान गरिएको छ । संयुक्त राष्ट्र संघीय अधिकारीहरुका अनुसार पहिरोले अकल्पनीय क्षति गरेको छ ।

पहिरोले १ सय ५० भन्दा बढी घरहरु पुरिएको बताइएको छ । राति सुतिरहेकोको अवस्थामा पहिरो आएकाले पनि क्षति बढी भएको अनुमान गरिएको छ । प्रभावित क्षेत्र दक्षिण-पश्चिम प्रशान्त टापु राष्ट्रको उत्तरमा रहेको एन्गाको उच्च भूमिमा छ ।

पहिरो जाने क्रम अझै नरोकिएकाले खोज तथा उद्दारमा कठिनाइ भइरहेको छ । अझै पनि जमिन भासिने र ढुंगा खस्ने क्रम नरोकिएको उद्दारकर्ताहरुले बताएका छन् ।

जमिन चिरा पर्न थालेपछि पहिरोबाट प्रत्यक्ष रुपमा प्रभावित नभएका क्षेत्रका करिब २ सय ५० घर सर्वसाधारण पनि विस्थापित हुन बाध्य भएका छन् । सो क्षेत्रमा झण्डै ४ हजार मानिसको बसोवास रहेको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया