असार २३, २०८२ सोमबार July 7, 2025

विप्लवका विद्यार्थी नेता बालकुमारीबाट पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट एक जना विद्यार्थी नेतालाई पक्राउ गरेको छ ।

विप्लव निकट विद्यार्थी संगठनका अखिल (क्रान्तिकारी) ललितपुर जिल्ला कमिटिका उपाध्यक्ष निगम भनिने नरेन्द्रबहादुर भण्डारीलाई ललितपुरको बालकुमारी क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख टेकप्रसाद राईका अनुसार एमसिसीको बिरोधमा पर्चा पम्प्लेट टाँस्ने लगायतका गतिविधीमा संलग्न भएको स्थानियको उजुरीको आधारमा पक्राउ गरिएको बताए ।

पक्राउ परेका भण्डारीको थप अनुसन्धान भइरहेको राईले बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया