श्रावण १, २०८२ बिहिबार July 17, 2025

भारतको लोकसभा निर्वाचन : एक्जिट पोलमा मोदीलाई फराकिलो बहुमत !

भारतीय जनता पार्टी नेतृत्वको गठबन्धनले अत्यधिक बहुमत ल्याउने अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भारतमा लोकसभाको सात चरणको मतदान आज सकिएसँगै विभिन्न एक्जिट पोलले भारतीय जनता पार्टी नेतृत्वको गठबन्धनले अत्यधिक बहुमत ल्याउने अनुमान गरेका छन् ।

एक्जिट पोलले बिजेपी नेतृत्वको एनडीए गठबन्धनले करिब ३५० सिट जित्ने अनुमान गरेका छन् । ५४३ सदस्यीय लोकसभामा बहुतका लागि २७२ सिट आवश्यक पर्दछ ।

२०१९ को लोकसभामा बिजेपीले २९३ सिट जितेको थियो भने एनडीए गठबन्धनले ३४२ सिट जितेको थियो । यस निर्वाचनमा पनि एक्जिट पोलले एनडीएले २०१९ को भन्दा बढी सिट जित्ने अनुमान गरेका छन् ।

न्युजनेसनको एक्जिट पोलले एनडीएले ३४२ देखि ३७८ सिट जित्ने अनुमान गरेको छ भने इण्डिया गठबन्धनले १५३ देखि १६९ सिट जित्ने अनुमान गरेको छ । त्यसैगरी इण्डिया न्यूजको एक्जिट पोलले एनडीएले ३७१ सिट जित्ने अनुमान गरेको छ भने इण्डिया गठबन्धनले १२४ सिट जित्ने अनुमान गरेको छ ।

त्यस्तै रिपब्लिक म्याट्रिजको एक्जिट पोलले एनडीएले ३५३ देखि ३६८ सिट जित्ने अनुमान गरेको छ भने इण्डिया गठबन्धनले ११८ देखि १३३ सिट जित्ने अनुमान गरेको छ ।

त्यस्तै इण्डिया टुडे-एक्सिस एक्जिट पोलले एनडीएले करिब ३३१ सिट जित्ने अनुमान गरेको छ भने इण्डिया गठबन्धनले करिब १९५ सिट जित्ने अनुमान गरेको छ ।
विभिन्न एक्जिट पोलले उत्तर प्रदेश, विहार जस्ता ठुला राज्यमा बिजेपीले नै धेरै सिट जित्ने अनुमान गरेका छन् ।

सात चरणमा सम्पन्न लोकसभा निर्वाचनको नतिजा जुन ४ मा अर्थात आगामी मंगलबार आउदै छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार