श्रावण ६, २०८२ मंगलबार July 22, 2025

वार्म-अप खेलमा बंगलादेशविरुद्ध भारतको फराकिलो जित

बंगलादेशले आफ्नो पहिलो खेल जुन ८ मा श्रीलंकासँग खेल्ने तालिका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः टी-२० विश्वकप अघिको अभ्यास खेलमा भारतले बंगलादेशलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा भारतले बंगलादेशलाई ६० रनले पराजित गरेको हो । भारतले दिएको १८३ रनको लक्ष्य पछाएको बंगलादेशले २० ओभरमा ९ विकेट गुमाएर १२२ रन मात्र बनाएको थियो ।

यस अघि पहिला ब्याटिंग गर्दै भारतले २० ओभरमा ५ विकेट गुमाएर १८२ रन बनाएको थियो ।

भारत यस टी-२० विश्वकपमा समुह ए मा रहेको छ र आफ्नो पहिलो खेल आगामी बुधबार आयरल्याण्डसँग खेल्दै छ । त्यस्तै बंगलादेश भने समुह डी मा नेपालकै समुहमा रहेको छ । बंगलादेशले आफ्नो पहिलो खेल जुन ८ मा श्रीलंकासँग खेल्ने तालिका रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया