असार २८, २०८२ शनिबार July 12, 2025

कोरोना प्रभावित करदातालाई सहुलियत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । पोखरा महानगरपालिकाले कोरोना भाइरसको महामारीसँगै गरिएको बन्दाबन्दीका कारण आर्थिक तथा व्यावसायिक कारोवारमा नकारात्मक प्रभाव परेको भन्दै करदातालाई सहुलियत दिने भएको छ ।

महानगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को बजेटमा भाडामा दिइएका सटर तथा भवनको २०७६ चैतदेखि २०७७ जेठ मसान्तसम्म तीन महिनाको घर भाडा तथा बहाल कर छुट दिइने उल्लेख छ । छुट दिएको बहाल रकम आगामी आर्थिक वर्ष २०७७/७८ को पहिलो चौमासिकभित्र मिलान गर्ने गरी व्यवस्था मिलाइएको उपप्रमुख मञ्जुदेवी गुरुङले बताएकी छन ।

महानगरपालिका स्थापना दिवसको अवसरमा क्षेत्रगतरुपमा उत्कृष्ट करदाता छनोट गरी महानगर उत्कृष्ट करदाताबाट सम्मान गरिने उनले बताएकी छन । अन्डरग्राउन्ड पार्किङसहित निर्मित घर तथा भवनको नक्सापास दस्तुरमा एक तलाको राजस्व छुटको व्यवस्था र भूकम्पपीडित लाभग्राहीमा परेका परिवारले नक्सापास गर्दा उक्त दस्तुरमा एक हजार स्क्वायर फिटको ग्राउन्ड लेबलसम्म नक्सापास दस्तुरमा सतप्रतिशत छुटको व्यवस्था गरिएको छ ।

महानगरपालिका क्षेत्रका पुरातात्विक महत्वका पुराना घर भत्केको स्थानमा साविककै शैली झल्कने गरी भवन निर्माण गरेमा ५० प्रतिशत छुट दिइने व्यवस्था मिलाइएको छ । पूर्णरुपमा पार्किङ भवन बनाएमा राजस्व छुट दिइने उपप्रमुख गुरुङले बताए । उनका अनुसार महानगरका ग्रामीण पर्यटकीय क्षेत्रमा भवन निर्माण गर्दा नक्सापास दस्तुरमा ५० प्रतिशत छुट दिइने छ भने अपाङ्गता भएका, पिछडिएका वर्ग तथा महिलाले व्यवसाय दर्ता गर्दा ३० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

त्यस्तै कृषिसम्बन्धी व्यवसायको लागि ३० प्रतिशत छुट, सम्पत्ति, भूमिकर (मालपोत) कर पुस मसान्तसम्म भुक्तानी गरेमा १० प्रतिशत छुट र कम्तीमा तीन रोपनीभन्दा बढी जग्गा कृषि प्रयोजनमा रहेको छ भने ३० प्रतिशत भूमिकरमा छुटको व्यवस्था गरिएको छ । बन्दाबन्दी अवधिमा घरधनीले घर भाडा मिनाहा गरेमा सो अवधिको बहाल करमा छुट दिइने व्यवस्था मिलाएको जानकारी दिँदै उपप्रमुख गुरुङले महानगरका नियमित करदातालाई कोरोनाको कारण व्यवसामा परेको असरलाई मध्यनजर गर्दै निश्चित मापदण्ड तयार गरी सहुलियतको व्यवस्था मिलाइने बताएकी छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार