श्रावण ५, २०८२ सोमबार July 21, 2025

आर्मीले बुढानीलकण्ठ भलिबल क्लवलाई ३-० को सोझो सेटमा हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राजधानीमा जारी आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगअन्तर्गत पुरुषतर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले बुढानीलकण्ठ भलिबल क्लवलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा आर्मीले बुढानीलकण्ठ भलिबल क्लवलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । आर्मीले खेलको पहिलो सेट २५–१५ ले जित्यो भने खेलको दोस्रो सेट २५–२० ले आफनो पक्षमा पार्‍यो । त्यस्तै खेलको तेस्रो तथा अन्तिम सेट २५–२० ले जित्यो । प्रतियोगितामा आर्मीको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा आर्मीले कोशी प्रदेशलाई ३–० को सेटमा पराजित गरेको थियो ।

जितसँगै आर्मीले दुई खेलमा ६ अङ्क जोडेको छ । दुई खेल खेलको बूढानीलकण्ठ अङ्कविहीन छ । बूढानीलकण्ठ पहिलो खेलमा हेल्प नेपाल स्पोर्टस क्लबसँग ३(१ सेटमा पराजित भएको थियो ।

यसैगरी आज नै सम्पन्न महिलातर्फ विभागीय टोली नेपाल पुलिस क्लवले न्यू डायमन्ड स्पोर्टस क्लवलाई ३–१ तथा एभरेस्ट भलिबल क्लवले कर्णाली प्रदेशलाई ३–० को सेटमा पराजित गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार