श्रावण ३१, २०८३ आइतबार August 16, 2026

६ वटा अस्पतालमा मिर्गौलाको निःशुल्क डाइलासिस सेवा

बिरामीले आजीवन वा मिर्गौला प्रत्यारोपण नगरेसम्म यो निःशुल्क सेवा लिन पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः झापाका छ वटा अस्पतालबाट मिर्गौला रोगीका बिरामीले निःशुल्क हेमोडाइलासिस सेवा पाउन थालेका छन् । आजदेखि बिर्तामोडको बीएन्डसी टिचिङ हस्पिटलमा यो सेवा सुरु भएको छ ।

नेपाल सरकारद्वारा सञ्चालित विपन्न नागरिक उपचार कोष अन्तर्गत निःशुल्क हेमोडाइलासिस सेवा प्रदान गरिँदै आइएको छ । झापाका बीएन्डसी टिचिङ अस्पताल, ओमसाई पाथीभरा हस्प्टिल, प्रादेशिक अस्पताल, लाइफलाइन अस्पताल, मनमोहन सामुदायिक अस्पताल र पूर्णटुंग बिर्तासिटी अस्पतालमा यो सेवा सुरु गरिएको हो ।

बीएन्डसी टिचिङ अस्पतालले आजदेखि पाँच वटा मेसिनमार्फत हेमोडाइलासिस सेवा सुरु गरेको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए । उनका अनुसार अस्पतालमा ‘पेइङ डाइलासिस’ सेवा पहिल्यैदेखि सञ्चालनमा थियो । आगामी एक महिनाभित्र २० वटा मेसिन थपेर सेवा विस्तार गर्ने तयारी भइरहेको उनले बताए ।

“झापामा मिर्गौलाका रोगीले डाइलासिस सेवा पाउन पालो कुर्नुपर्ने अवस्था नआओस् भनेर बीएन्डसी अस्पतालले सेवा सुरु गरेको हो”, उनले भने, “यो सेवा पाउनका लागि पालिकाबाट फारिस् पत्र ल्याउनुपर्छ । अरु केही झञ्झट बेहोर्नु पर्दैन । बिरामीले आजीवन वा मिर्गौला प्रत्यारोपण नगरेसम्म यो निःशुल्क सेवा लिन पाउने व्यवस्था छ ।”

बीएन्डसी टिचिङ अस्पतालका फिजिसियन डा. गोपाल मिश्रले नेपालमा बर्षेनि मिर्गौलाका तीन हजारभन्दा बढी बिरामी बढिरहेको बताए। दुखाई कम गर्न प्रयोग हुने औषधिको अत्यधिक सेवनलगायतका कारणले पनि मिर्गौलामा समस्या बढिरहेको उनको भनाइ छ ।

सर्जन डा. मुक्ति देवकोटाले बीएन्डसी अस्पतालमा डाइलासिस गराउने बिरामीको सजिलोका लागि फिस्टुला बनाउने शल्यक्रिया समेतको सेवा उपलब्ध भएको जानकारी दिए। झापामा सबैभन्दा बढी १९ वटा मेसिन राखेर ओमसाई पाथीभरा अस्पतालले डाइलासिस सेवा दिइरहेको छ । अस्पतालका व्यवस्थापक मनोज दाहालका अनुसार ओमसाईले भद्रपुरबाहेक लहान र इटहरीबाट समेत मिर्गौला रोगीका लागि हेमोडाइलासिस सेवा उपलब्ध गराइरहेको छ ।

भद्रपुरको प्रादेशिक अस्पतलामा १३ वटा, बिर्तासिटीमा पाँच वटा र मनमोहन अस्पतालमा पाँच वटा मेसिन राखेर बिरामीहरूलाई डाइलासिस सेवा दिइने गरेको छ ।

अस्पतालहरूमा हेमोडाइलासिस सेवा विस्तार भएसँगै पूर्वी नेपालको झापा, इलाम, पाँचथर र ताप्लेजुङका मिर्गौला रोगीहरूले हेमोडाइलासिसका लागि धरान र विराटनगर धाउनु पर्ने बाध्यता हटेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलको अबको चुनाववाट नेतान्याहु प्रधानमन्त्री नबन्न सक्छन्ः सर्वेक्षण
२०८३ श्रावण ३१, आइतबार
भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा
२०८३ श्रावण ३१, आइतबार
प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा बन्द
२०८३ श्रावण ३१, आइतबार
भारतीय प्रधानसेनापति धीरज सेठ काठमाडौं आउँदै
२०८३ श्रावण ३१, आइतबार
नागार्जुनमा २४ विद्यालयबीच नेपाली हिज्जे प्रतियोगिता, ज्योति एकेडेमी प्रथम
२०८३ श्रावण ३१, आइतबार
नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवापछि सेवाग्राही आकर्षित
२०८३ श्रावण ३१, आइतबार
निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने
२०८३ श्रावण ३१, आइतबार