श्रावण ५, २०८२ सोमबार July 21, 2025

प्रधानमन्त्री कप भलिबल : एभरेस्ट क्लब विजयी

एभरेस्टले न्यू डायमन्ड स्पोर्टस् क्लबलाई ३–० सोझो सेटमा हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २२ जेठ : राजधानीमा जारी प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगअन्तर्गत आज भएको महिलातर्फको खेलमा एभरेस्ट भलिबल क्लब विजयी भएको छ । एभरेस्टले न्यू डायमन्ड स्पोर्टस् क्लबलाई पराजित गरेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा भएको खेलमा एभरेस्टले न्यु डयामन्ड स्पोर्टस् क्लबलाई ३–० सोझो सेटमा पराजित गरेको हो । एभरेस्टले पहिलो सेट २५–२१ अङ्कले, दोस्रो सेट २५–१९ अङ्कले तथा तेस्रो सेट २५–१८ अङ्कले जितेको हो । जितसँगै एभरेस्टले तीन खेलबाट नौ अङ्क जोडेको छ । एभरेस्टले यसअघि कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लबलाई ३–० सोझो सेटमा पराजित गरेको थियो ।

यसैगरी न्यु डायमन्ड तीनवटै खेलमा पराजित भएको छ । यसअघि उसले सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग ३–२ तथा नेपाल पुलिस क्लबसँग ३–१ सेटमा हार ब्यहोरेको थियो ।

आज सम्पन्न पुरुषतर्फका खेलमा गण्डकी प्रदेशले बूढानीलकण्ठलाई ३–१ सेटमा पराजित ग¥यो । यसैगरी नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई तथा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई समान ३–० सोझो सेटमा हरायो । आजै भएको पुरुषतर्फको अर्को खेलमा हेल्प नेपालले सशसस्त्र प्रहरी बलको एपिएफ क्लबाई ३–० सेटले पराजित ग¥यो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार