श्रावण ५, २०८२ सोमबार July 21, 2025

आईसीसी टी–२० विश्वकप : युगाण्डाद्धारा पपुवा न्यूगिनी पराजित

युगाण्डाका लागि रियाजत अली शाहले सर्वाधिक ३३ रन बनाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह ‘सी’ को खेलमा युगाण्डाले पपुवा न्यूगिनी (पीएनजी) लाई तीन विकेटले हराएको छ । पीएनजीले दिएको ७८ रनको लक्ष्य युगान्डाले  १८ ओभर दुई बलमा सात विकेट गुमाएर भेट्टायो ।

युगाण्डाका लागि रियाजत अली शाहले सर्वाधिक ३३ रन बनाए । पीएनजीका लागि अले नाओले दुई विकेट लिए । यस्तै नर्मन भानुआ, चाड सोपर र असद वालाले समान एक विकेट लिए ।

यसअघि अमेरिकाको प्रोभिडेन्स क्रिकेट मैदानमा पपुवा न्यूगिनी १९ ओभर एक बलमा ७७ रनमा अल आउट भयो । उसका लागि हिरि हिरिले १५ रन बनाए । यस्तै लेगा सियाका र किप्लिन डोरिगाले समान १२ रन बाहेक अन्य व्याटरले दोहोर अङ्क जोड्न सकेनन् । यो जितसँगै युगाण्डाले समूह तालिकामा दुई अङ्क जोडेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार