श्रावण ५, २०८२ सोमबार July 21, 2025

आईसीसी टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाको विजयी सुरुआत

अस्ट्रेलियाले ओमानलाई ३९ रनले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत अस्ट्रेलियाले विजयी सुरुआत गरेको छ।

केनिङ्स्टोन ओभलमा समूह ‘बी’ अन्तर्गत भएको खेलमा अस्ट्रेलियाले ओमानलाई ३९ रनले हराउँदै पहिलो जित हात पारेको हो।

टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्तो पाएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६४ रन बनाएको छ। १६५ रनको लक्ष्यसहित मैदान उत्रेको ओमानले निर्धारित ओभर खेल्दै ९ विकेट गुमाएर १२५ रन मात्रै बनाउन सक्यो।

अस्ट्रेलियाका लागि जितका लागि मार्कस स्टोइनिसले नट आउट रहँदै सर्वाधिक ६६ रनको पारी खेले भने ओपनर ब्याट्सम्यान डेभिड वार्नरले ५६ रनको योगदान गरे।

ट्रेविस हेड १२, मिचेल मार्स १४, टीम डेभिडले १० रन जोड्दा ग्लेन म्याक्सवेल भने शून्यमै पभेलियन फर्के।

ओमानका लागि मेहरान खानले सर्वाधिक २ विकेट लिँदा बिलाल खान र कलिमुल्लाहले समान १/१ विकेट हात पारे।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार