असार १५, २०८१ शनिबार June 29, 2024

सीजी कम्युनिकेसन्सको लाइसेन्स अनुमतिपत्र खारेज

सीजी कम्युनिकेसन्सको ग्रामीण दूरसञ्चार सेवाको अनुमतिपत्र २०८० मंसिर १६ देखि स्वत: रद्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल दूरसञ्चार प्राधिकरणले सीजी कम्युनिकेसन्स लिमिटेडको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ।

प्राधिकरणबाट सीजी कम्युनिकेसन्सले पाएको ग्रामीण दूरसञ्चार सेवाको अनुमतिपत्र खारेज भएको हो। चौधरी ग्रुपको तत्कालीन एसटीएम टेलिकम सञ्चार प्रालिले लाइसेन्स खरिद गरे पनि सेवा सञ्चालन गरेको थिएन।

देशका सबै ठाउँमा नेटवर्क विस्तार गर्ने आभारभूत लाइसेन्स मागिरहेको चौधरी ग्रुपले सरकारबाट सो नपाएपछि ग्रामीण दूरसञ्चार सेवा मात्रै सञ्चालन नगरेको हो।

२००३ नोभेम्बर २१ मा चौधरी ग्रुपले लिएको ग्रामीण दूरसञ्चार सेवाको अनुमतिपत्र तोकिएको अवधिभित्र नवीकरण नगरेकाले स्वत: खारेज भएको प्राधिकरणले जनाएको छ।

‘नवीकरणका लागि दूरसञ्चार नियमावली ५०५४ को नियम १२ बमोजिम तोकिएको अवधिभित्र नवीकरण दस्तुरसहित निवेदन पेस नगरेकाले सीजी कम्युनिकेसन्सको ग्रामीण दूरसञ्चार सेवाको अनुमतिपत्र २०८० मंसिर १६ देखि स्वत: रद्द भएको छ,’ प्राधिकरणले भनेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री, ज्वालाकुमारी साह (अन्तवार्ता)
२०८१ असार १५, शनिबार
उपभोक्तामैत्री कानुन आवश्यक छ : मन्त्री गिरी
२०८१ असार १५, शनिबार
साउन १ गतेदेखि वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट
२०८१ असार १५, शनिबार
बेरुजु फछ्र्यौट गर्न तदारुकता देखाइनुपर्छ : सभामुख घिमिरे
२०८१ असार १५, शनिबार
पहिरोपीडितलाई आर्थिक सहयोग
२०८१ असार १५, शनिबार
काठमाडौंका यी क्षेत्रमा आज सात घन्टा विद्युत अवरूद्ध हुने
२०८१ असार १५, शनिबार
कमल थापा भन्छन् – रुसमा ३५ नेपालीको मृत्यु भइसक्यो, प्रधानमन्त्री र परराष्ट्रमन्त्री के गर्दै हुनुहुन्छ ?
२०८१ असार १५, शनिबार